काठमाडौँ – ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सामाजिक सञ्जालमा अभद्र टिप्पणी गरेको र प्रहरीमाथि पनि अभद्र व्यवहार गरेको भन्दै अनुसन्धानका लागि पक्राउ परेका शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले मंगलबार आदेश दिएको हो।
शाहीको रिहा गर्नुपर्ने माग सहित शुक्रबार अधिवक्ता इन्द्रप्रसाद अर्यालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सोहि रिट उपर मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो।
यस अगाडी आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सरकारको नाममा आदेश दिँदै सरकारलाई ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्नुको कारण पेश गर्न भनेको थियो।
सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको छ ।