भोलि वैशाख १७ गते बुधबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

विचारहरूको अस्थिरताले भ्रामक स्थितिमा पुर्याउन सक्छ। कुनै पनि निर्णय लिँदा संयमता अपनाउनु उचित होला। बौद्धिक तथा लेखन कार्यको लागि भने दिन शुभ रहन सक्ला। सामान्य यात्राको सम्भावना पनि देखिन्छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मानसिक रुपमा रहने दुविधा दृढ निर्णयमा बाधक बन्न सक्छ। व्यवहार तथा वाणीमा नियन्त्रण नहुँदा आलोचना बढ्न सक्छ। स्वास्थ्यमा समेत समस्या देखका पर्न सक्ने हुँदा खान-पानमा विशेष ध्यान दिनु आवश्यक रहला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भोलिको दिन लाभदायक हुन सक्ने आशा राख्न सकिन्छ। बिहानै देखि शरीरमा उर्जा बढेको महशुस हुँदा हरेक कार्यमा सहजता बढ्नेछ। प्रियजनसंगको भेटले परिवारको माहोल उल्लासमय रहन सक्ला। मिष्ठान्न भोजनको योग पनि देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

रिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादन ढिलाई हुन सक्छ भने करकापमा परेर लिइएका निर्णयले आर्थिक तनाव थप्न सक्लान्। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आम्दानी बढे पनि खर्चको मात्रा बढ्द आर्थिक समस्याले सताउन सक्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

भोलिको दिनमा विभिन्न लाभ मिल्ने देखिन्छ। पारिवारिक, सामाजिक, आर्थिक रुपमा भोलि अनेक प्रकारका लाभ मिल्नुका साथै धेरै समय देखिको धोको पूरा गर्ने मौका पनि मिल्न सक्ला। जीवनसाथी तथा प्रेमि-प्रेमिका बीच निकटता बढ्नेछ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

धेरै समय देखि थाँती रहेका योजना सफल बनाउने समय रहनेछ। कानुनी रुपमा रहेका समस्या देखि छुटकारा मिल्नुका साथै सामाजिक रुपमा प्रतिष्ठा पनि बढ्ने देखिन्छ। पारिवारिक जीवन भने मिश्रित रहन सक्ला। मध्यान्न पनि स्वास्थ्यमा भने समस्या देखा पर्न सक्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

परिवार तथा सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता बढ्न सक्छ। खर्च समेत बढ्न सक्ने हुँदा आर्थिक समस्या निम्तिन सक्छ। आफ्नै भनिएकाहरुबाट धोका हुन सक्ने हुँदा सतर्क रहनु होला। शत्रुले पनि सताउन सक्नेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

भोलिको दिन वृश्चिक राशि हुनेहरुका लागि मिश्रित फलदायी रहने देखिन्छ। आर्थिक रुपमा दिन राम्रै भएपनि अन्य विषयहरुमा पनि दिन तनावग्रस्त रहन सक्ला। भोलि नयाँ सम्बन्ध स्थापित गर्न तथा नयाँ कार्य थालनीको लागि त्यति शुभ देखिँदैन।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

बौद्धिक, तार्किक, विचार विनिमय र लेखन कार्यको लागि भोलिको दिन शुभ छ। भोलिको दिन हाँसी-मजाक तथा मनोरन्जनमा बित्न सक्ला। जीवनसाथीसंगको सम्बन्ध प्रगाढ भए जाने देखिन्छ। विदेशबाट शुभ समाचार पनि मिल्न सक्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

भोलि कलाकार तथा खेलाडीहरुको लागि दिन धेरै शुभ रहन सक्छ। नयाँ योजना हात लाग्दा उत्साह बढेर जानेछ। परिवारमा खुशी र शान्तिको वातावरण हुँदा उर्जा बढ्न सक्ला। प्रतिस्पर्धीहरुलाई सहजै पराजित गर्न सफल भइने देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

प्रतीक्षित नतिजा कमजोर देखिनाले निराशा छाउन सक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुँदा पूरै दिन प्रभावित हुन सक्ला। सम्भावना देखिए पनि प्रतिस्पर्धा बढ्नाले उपलब्धि गुम्न सक्ने देखिन्छ। हतारको निर्णयले काम रोकिन सक्ला।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

शारीरिक- मानसिक रुपमा भय रहन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। आफ्ना विशेष योजना गोप्य राख्न आवश्यक रहला। यधपी शुभचिन्तकहरूको सहयोगले भने केहि राहत दिलाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट पनि हुन सक्ला।

प्रकाशित : मङ्गलबार, बैशाख १६, २०७७१४:३५

भोलि वैशाख १८ गते बिहिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !