सीमा सुरक्षामा म्यादी प्रहरी परिचालन गरिने !

चन्द्रोटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाले नेपाल भारत सीमामा ५० म्यादी प्रहरी परिचालन गर्ने भएको छ । उक्त गाउँपालिकाको मंगलबार बसेको कार्यपालिकाको बैठकले सीमा सुरक्षा गर्न म्यादी प्रहरी छनौट गरी परिचालन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकमध्येबाट छनोट गरी लकडाउन अवधिभर सीमा क्षेत्रको रेखदेख गर्ने जिम्मा दिइने गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए । नागरिक भारतबाट लुकिछिपी नेपाल भित्रिन संक्ने सम्भावना देखेर गाउँपालिकाले सीमा क्षेत्रमा यस्तो व्यवस्था गर्न लागेको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाले गरेको निर्णयले लकडाउनको प्रभावकारी कार्यान्वयन र शान्ति सुरक्षामा मद्दत पुग्ने इलाका प्रहरी कार्यालय गणेशपुरमा प्रहरी निरीक्षक मधु नेपाललेको भनाइ छ । म्यादी प्रहरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको मातहत राखिने गाउँपालिकाको योजना छ । सरकारले लगाएको लकडाउन अवधिमा उनीहरुले काम गर्नेछन् ।

जुम्लामा बल्ल राहत

कोरोना रोकथामका लागि बन्दाबन्दीको अवधि लम्बिएपछि बल्ल यहाँका स्थानीय तहले ज्यालादारी र विपन्न वर्ग पहिचान गर्दै राहत वितरण गर्न थालेका छन् । हप्ता, महिना र तीन महिनासम्म खाना नपुग्ने घरपरिवारको पहिचान गरेर राहत वितरण गर्न थालिएको हो । यसअघि जिल्लामा राहत वितरण गरिएको थिएन ।

यहाँका आठ स्थानीय तहले आ–आफ्नै मापदण्ड बनाएर खाद्यान्न वितरण गरेका छन् । चन्दननाथ नगरपालिका–९ श्रीढुस्काका ३७० जनाले राहत पाएका छन् । उद्योग वाणिज्य सङ्घ जुम्लाबाट १०, आर्ट अफ द नेपाल लिमिटेडबाट २० र चन्दननाथ नगरपालिकाले ३४० जनालाई राहत उपलब्ध गराएको हो । ती सामग्री नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपाने (महत) बाट हस्तान्तरण गरिएको थियो ।

अतिविपन्न, अपाङ्गता, असहाय, वृद्ध, बेरोजगार व्यक्तिलाई छनोट गरेर राहत वितरण गरिएको उनले बताए । यसैबीच गुठिचौर गाउँपालिका–४ का ६१२ घरधुरीलाई मास्क, साबुन, चामल र नुन वितरण गरिएको छ । प्रत्येक नागरिकको घरदैलोमा पुगेर राहत वितरण गरिएको वडाध्यक्ष जगप्रसाद जैशीले जानकारी दिए।

प्रकाशित : बुधबार, बैशाख १७, २०७७०२:३७

भारतमा २४ घण्टामा हाल सम्मकै बढी मृत्यु, मृतकको संख्या हजार नाघ्यो !