सप्तरी – सँगै न-शा सेवन गरेर हिँड्ने क्रममा आफ्नै साथीलाई कु-टेर मा-रेको अभियोगमा आज सप्तरीमा तीनजना पक्राउ परेका छन् ।
साथीको ह-त्या आरोपमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका सुजितकुमार मुखिया, प्याप्या भनिने कृष्णकुमार मुखिया र टिल्का भनिने चन्द्रशेखर मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार उनीहरूमाथि फागुन ३० गते हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका १६ वर्षीय सुरज साह स्वर्णकारलाई ह-त्या गरेको अभियोग लागेको छ । मृतकका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा दिएको उजुरी आज दर्ता गरिएको छ ।
प्रहरीका अनुसार सँगै न-शा सेवन गरेका साथीहरूले सामान्य विवादमा स्वर्णकारलाई कुटपिट गरी ह-त्या गरेका हुन् । पक्राउ परेका आरोपितले प्रहरीसँगको प्रारम्भिक बयानमा चारजना सँगै बसेर सोनपिच नामक सुलेसन पिएको र चोरी गर्न जाने क्रममा विवाद भएपछि तीनजना मिलेर कु-टपि-ट गर्दा मृ-त्यु भएपछि बोरामा हालेर झाडीमा मिल्काएको बताएका छन् ।
कु-टपि-ट गरेर ह-त्या गरिएको अवस्थामा सुरजको श-व वैशाख १ गते भारदहस्थित कोशी नदीको पश्चिमतर्फको बाँधको बाटो छेउको झाडीमा फेला परेको थियो । घटनाबारे अनुसन्धान गर्न धनुषाको मिथिला नगरपालिकास्थित प्रहरी चौकी लालगढबाट तालिम प्राप्त कुकुरसमेत मगाइएको थियो । गाउँको चौबाटोमा पुगेर कुकुरले ट्र्याक छाडेपछि प्रहरीले मृतकका मिल्ने नजिकका साथीहरूमा निगरानी बढाएको थियो ।
कु-टपि-ट गर्दा चारैजना न-शाले बेहोसी अवस्थामा रहेको पक्राउ परेका आरोपीले बताए । “सबैजना बेहोसी हालतमा रहेकाले नै कु-टपि-टमा सुरजको मृ-त्यु भयो”, उनीहरूको बयानलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले भने, “आरोपितहरूलाई आज अदालतबाट १५ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ ।”
ह-त्यामा प्रयोग भएको धा-रिलो च-क्कु, बोरा, डोरी, ताला फुटाउने कटर फेला परिसकेको छ । यसअघि कुनै मनमुटाव नभएको र सुरजका साथीहरूले समेत बेहोसी अवस्थामा घटना भएको प्रारम्भिक बयान दिएकाले लागुऔषधको न-शा घटनाको मुख्य कारण भएको प्रनाउ मिश्रले बताए।