कसरी आयो महादेवको तेस्रो आँखा , यस्तो छ वास्तविक तथ्य !

काठमाडौँ। हिन्दु धर्ममा उल्लेख भएअनुसार महादेवलाई त्रीमूर्तीदेवको रुपमा पनि चिनिने गरिन्छ । महादेवको तेस्रो आँखालाई शक्तिको रुपमा लिइएको छ । जब भगवान शिव रिसाउँछन् त्यतिबेला आफ्नो तेस्रो आँखा खोलेर दोषिलाई सजाय दिने गरेको विश्वास रहेको छ । उनको तेस्रो आँखाकै कारणले गर्दा भगवान शिवलाई ‘संहारिकर्ता’ भनिएको हुन सक्ने धेरैले अनुमान लगाएका छन् ।

अध्यात्मवादको अनुसार तेस्रो आँखा भन्ने बित्तिकै ज्ञानको आँखा भन्ने गरिएको छ । मानिसलाई थाहा नहुन सक्छ मान्छेको पनि तेस्रो आँखा रहेको हुन्छ । तर शिवजीको जस्तो बिनासकारी आँखा भने होइन् । जब मानिसले तेस्रो आँखाले हेर्छौ त्यतिबेला मानिसले प्राकृतिक तथा संसारको सत्यतालाई बुझ्न सक्छन् । शिवजीको तेस्रो आँखालाई ज्ञानको आँखाको रुपमा पनि हेर्ने गरिएको छ । शिवजीको तेस्रो आँखालाई ज्ञानको आँखा भनिन्छ भने अन्य दुई आँखाले भौतिक गतिविधिलाई जनाउँछ ।

शिवको तेस्रो आँखाले आध्यात्मिक ज्ञान र शक्तिलाई बुझाउने गर्छ । महादेवको आँखालाई अझ रोचक तरिकाले शिव पुरानमा उल्लेख गरिएको छ । शिवलाई काम देव र महादेव दुवैको रुपमा लिइएकोे छ । किनकी उनकी धर्मपत्नी सतिदेवीको मृत्यु पश्चात निकै भावविह्वल भएका थिए । यतिमात्रैकी उनले आफ्नो पत्नी सतिदेवीको लास बोकीर संसार डुलेका थिए । पछि सतिदेवीको पुरै शरिर पतन भएपछि महादेवले आफुलाई एउटा गुफामा थुनेर अन्तध्र्यान गर्न लागेका थिए । त्यसपछि सारा देवलोकमा नै उथलपुथल मच्चियो ।

कयौँ देवीदेवताको कोसिसमा महादेवलाई गुफाबाट निकाल्ने प्रयास गरियो तर गुफाबाट निकाल्न सकिएन् । त्यसपछि विष्णु भगवानले महादेवलाई शान्त बनाउनको लागि कामदेव र प्रेमको देवतालाई पठाएको थिए । कामदेवलाई नै किन पठाइयो भने उनले जस्तोसुकै कठोर मन भएकालाई पनि मायालु स्वभावको बनाउन सक्ने कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

महादेव गहिरो ध्यानमा रहेको बेला उनले सतिदेवीको मृत्यु मिन भयो ? यो संसारको अर्थ के हो ? प्रकृतिको रित केहो ? भन्ने कु्राको रहस्य पत्ता लगाएपछि उनको तेस्रो आँखा खुलेको विश्वास गरिएको छ । फेरि अर्का कामदेव शिवको ठाउँमा गए । जब कामदेवले महादेवलाई मायावाणले प्रहार गरे । तब महादेव शान्त हुनुको सट्टा क्रोधित भए र तेस्रो आँखा खोलेर कामदेवलाई त्यहि भष्म गराइदिए ।

यस्तो छ भगवान शिवको तेस्रो आँखाको अर्थ  : माथि बताइएको घटना बाट नै प्रस्ट हुन्छ की उनको तेस्रो आँखाले इच्छा र चाहनाको अस्वीकार गर्छ । माया र चाहनाको देवता कामदेवलाई नै भष्म गराइदिएका थिए । महादेवको इच्छा चाहना भनेकै सतिदेवी थिइन् । जब आफुले चाहेको वस्तुको अस्तित्व हराउँछ त्यतिबेला अपार दु ख कष्ट तृष्णा र क्रोधले दिमागमा बास गर्छ भन्ने कुरा महादेवले सतिदेवी प्रति गरेको ध्यानबाट सत्यतालाई बुझेको बताइन्छ

प्रकाशित : बुधबार, बैशाख १७, २०७७१२:१६

तपाईलाई कस्तो काम फाप्छ ? हेर्नुहोस् राशि अनुसार !