आ-गलागीमा परी ग-म्भीर घा-इते हुनुभएका जिल्लाको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको निधन भएको छ । काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचाररत खनालको आज बिहान निधन भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
छिमेकी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बजारमा रहेको शर्माको पसलमा यही वैशाख ८ गते आ-गलागी हुँदा खनाल, उहाँकी श्रीमती रुपा र छोरा सञ्जय घा-इते हुनुभएको थियो । सोही घ-टनामा परी शर्माका कान्छा छोरा १५ वर्षीया समीरको घ-टनास्थलमै ज्यान गएको थियो ।
खनालसहित घा-इते तीनै जनालाई सोही दिन पाल्पाको मिसन अस्पताल हुँदै थप उपचारका लागि काठमाडौँ पु¥याइएको थियो । “उहाँको अवस्था सुधारोन्मुख थियो, अकस्मात मुटुमा समस्या आई निधन भएको खबर आयो”, अध्यक्ष शर्माले भन्नुभयो, “शव परीक्षण प्रतिवेदनपछि सबै जानकारी आउला ।”
खनालकी श्रीमती र छोरा सञ्जयको अवस्था भने सुधारोन्मुख छ । आ-गलागीका कारण पसलसहित घर पूर्णरुपमा क्ष’ति भएको छ । खनाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।