“अरू देशका प्रधानमन्त्री कोरोनाबाट जनता जोगाउन व्यस्त, हाम्रा भने आफ्नै घरमा आगो लगाउन व्यस्त”

काठमाडौँ – साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले अनावश्यक राजनीतिक खेलमा लागेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनमत खर्च गरिरहेको आरोप लगाएका छन्।

सामाजिक संजाल ट्वीटर मार्फत मिश्रले प्रधानमन्त्री कोरोनाबाट जनतालाई कसरी बचाउने भन्दा पनि अनावश्यक राजनीतिक खेलमा लागेर समय खर्च गरिरहेको आरोप लगाएका हुन्।

अन्य देशका प्रधानमन्त्री हरेक मिनेट कोरोनाबाट जनतालाई कसरी बचाउने भनेर लागिरहेका बेला नेपालका प्रधानमन्त्री भने अनावश्यक राजनीतिक खेलमा अल्झिएको मिश्रको आरोप छ।

“अरू देशका प्रधानमन्त्री हरेक मिनेट कोरोनाबाट जनतालाई कसरी बचाउने भनेर लागिरहेछन्। मेरो देशका प्रधानमन्त्री कहिले अरूको घर कसरी भाँड्ने, कहिले आफ्नै घरमा आगो लगाई अरूलाई सिध्याएर आफूचाहिँ कसरी बाँच्ने भनेर ‘दुई-तिहाई’ समय खर्च गरिरहेका छन्। ‘रिठ्ठाको बोट रोपेर कहाँ फल्छ र कागति!'”,मिश्रले ट्वीट गर्दै भनेका छन्।


पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र देखिएको किचलोलाई लिएर अन्य दलका नेताहरुले आलोचना गरिरहेका छन्। नेकपा भित्र अहिले ओलीले प्रधानमन्त्री अथवा पार्टी अध्यक्ष मध्ये एक छाड्नुपर्ने माग उठेपछि ओली अहिले आफ्नो पक्षमा बहुमत जुटाउन प्रयासरत छन्।

प्रकाशित : बुधबार, बैशाख १७, २०७७१३:०४

कोरोना नलाग्ने अन्धविश्वासकामा पिएको रक्सीले लियो सात सय बढीको ज्यान !