आज वैशाख १८ गते बिहिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आज तपाईं धेरै भावनात्मक रहनुहुनेछ। साना-तीना कुराहरुले पनि तपाईलाई सहजै प्रभाव पार्नेछन्। परिवारमा स्वास्थ्य समस्याले सताउनेछ भने खर्च पनि बढ्न सक्ला। मानसिक व्यग्रता र शारीरिक अस्वस्थता रहन सक्ला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आजको दिन तपाईको लागि उत्साहपूर्ण रहने देखिन्छ। तन-मनबाट स्वस्थ र प्रफुल्लित महसुस हुनेछ भने शरीरमा उर्जा पनि बढ्नेछ। परिवारजन तथा आफन्तजनबाट अपेक्षित साथ प्राप्त हुन सक्ला। नयाँ अवसर प्राप्त पनि हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सोचेको काम पूरा हुन विलम्भ हुने भएपनि आर्थिक रुपमा भने आजको दिन धेरै लाभप्रद रहनेछ। मिष्टान्न भोजन प्राप्त होला। अध्ययनमा रुची बढ्नेछ। साथीहरू र प्रियजनहरूसँगको भेटले उत्साह जगाउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने अवसर जुर्न सक्छ। बोलीको प्रभाव बढ्नाले जटिल कार्य पनि सफल हुनेछन्। प्रियजनबाट उपहार प्राप्त हुँदा मन फुरुंग हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

चरम चिन्ताका कारण शारीरिक र मानसिक रुपमा कम्जोर भइनेछ। वाणी तथा व्यवहारमा नियन्त्रण नहुँदा वाद-विवाद बढ्न सक्छ। परिवारमा समेत कलह बढ्न सक्ला। आज आर्थिक रुपमा कुनै पनि कारोबार गर्न उचित देखिँदैन।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

मिहिनेत गर्दा कठिन कार्य पनि सफल हुनेछन्। धेरै समय देखि अड्किएको योजना सफल बनाउने मौका मिल्नेछ भने उठ्नुपर्ने रकम हातलागी पनि हुन सक्ला। सामाजिक जिम्मेवारी तथा नेतृत्व हातलागी हुने पनि देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

परिवारमा खुशी र उत्साहको वातावरण हुनेछ। गृह सजावटको कार्यमा खर्च भएपनि मन भने प्रफुल्लित रहला। विशेष भेटघाटले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

हरेक क्षेत्रमा असफलता मात्र मिल्दा मन विचल्लित हुनेछ। थकान र आलस्यका कारण कुनै पनि काममा मन जाने छैन। रोजगार – व्यवसाय मा अवरोध हुनेछ। उच्च अधिकारीहरूसँगको सम्बन्धमा पनि दरार आउन सक्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

वाणी र क्रोधलाई नियन्त्रणमा नगर्दा नसोचेको परिस्थिति निम्तिन सक्छ। खान-पानमा हुने लापरवाही तथा मौसमले स्वास्थ्यमा असर पार्नेछ। यात्रा गर्न अशुभ हुन सक्छ भने आर्थिक रुपमा पनि आज समस्या बढ्ने देखिन्छ। निषेधात्मक कार्य तथा अनैतिक कामवृत्तिले कुमार्ग तर्फ डोहोर्याउन सक्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

शुभचिन्तकहरूको साथ मिल्दा सोचेको पुग्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनुका साथै प्रतिष्ठित काम गर्ने अवसर प्राप्त गराउन सक्ला। नयाँ कामको प्रस्ताव पनि आउन सक्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आज हरेक कार्यमा यश, कीर्ति र सफलता मिल्नेछ। शारीरिक र मानसिक रुपमा बलियो भएको महसुस हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्ला। परिस्थितिवश सानोतिनो समस्याले भने अल्झाउनेछ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

साहित्य तथ्य लेखनमा सृजनात्मकता प्रकट गर्ने अवसर मिल्नेछ। विद्यार्थीहरूको लागि पनि दिन फलदायी सावित हुनेछ। प्रियजनहरूको समर्थन प्राप्त हुँदा जाँगर बढेर जानेछ। शत्रु सहजै पराजित हुनेछन्।

प्रकाशित : बुधबार, बैशाख १७, २०७७१४:०१

आज बैशाख २९ गते सोमबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!