कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि लकडाउन लगाइएपछि अमेरिकाको अर्थतन्त्रमा दशककै गम्भीर रुपमा गिरावट आउने भएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
बुधवार सार्वजनिक गरिएको विवरणका अनुसार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रमा ४ दशमलव ८ प्रतिशतको वार्षिक गिरावट आउने देखिएको हो ।
यसले सन् २०१४ पश्चात् पहिलो पटक ठूलो आर्थिक सङ्कुचनलाई देखाएको छ र कीर्तिमानी बिस्तारलाई समाप्त पारिदिएको छ। तर मार्चमा पूर्णरूपमा प्रतिबन्धहरू नलगाइएकाले यो तथ्यांकले संकटको संकेत गरेको छ ।
.
अमेरिकी केन्द्रीय बैंकका नीति निर्माताहरूले बुधवार कोरोनाभाइरस महामारी अमेरिका तथा विश्वको गम्भीर मानवीय र आर्थिक कठिनाइको कारक बनेको बताएका छन्।
अमेरिकाले थप व्ययभारका लागि करिब तीन ट्रिलियन डलर खर्चिने भएको छ। त्यसमा धेरै परिवारलाई प्रत्यक्ष रूपमा दिइने नगद पनि सामेल छ।
फेडेरल रिजर्भका अध्यक्ष जेरोम पाउलले बुधवार बैंकले चालेका नयाँ कदमहरू अर्थतन्त्र आफ्नो गतिमा नआउन्जेल जारी रहने बताए। उनले अहिलेको संकट निकै तीव्र र गहिरो हुनसक्ने चेतावनी पनि दिए।