बागलुङ – सलको पा-सो लगाएर मङ्गलबार आ-त्मह-त्या गरेकी बागलुङ नगरपालिका–३ निवासी ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरीकै नाममा आ-त्मह-त्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् ।
बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी बस्दै आएकी सम्झनाले प्रहरीकै नाममा ‘सु-सा-इड नोट’ लेखेर आ-त्मह-त्या गरेकी थिइन् । बुधबार धौलागिरि अञ्चल अस्पताल बागलुङमा किसानको श-व पोस्टमार्टम गरिए पनि उनका आफन्तले श-व बुझेका छैनन् । प्रहरीले मुचुल्का सङ्कलन गरेर फर्किएपछि स्थानीय महिलाहरुले कोठाको खोजतलासी गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा सम्बोधन गरिएको सु-साइ-ड नोट फेला परेको भन्दै उनका आफन्तले आ-त्मह-त्या गर्न बाध्य बनाउनेलाई कारबाही गर्न माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालयमा आ-त्मह-त्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।
मृतकको नामबाट लेखिएको सु-साइ-ड नोटमा २०७५ भदौ ५ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राकेश दवाडीसँग आफू प्रेम सम्बन्धमा रहेको र उसको गर्भ रहेपछि जानकारी गराउँदा बेवास्ता गरेकाले आ-त्मह-त्या गर्नुपरेको उल्लेख गरिएको छ । गैरदलित युवासँग विवाह गरेकी उनले आरोपित दवाडीकै कारणले श्रीमान्सँग सम्बन्धविच्छेद भएको सु-साइ-ड नोटमा उल्लेख गरेकी छिन् ।
सु-सा-इड नोटमा श्रीमान्सँग पनि सम्बन्धविच्छेद गरेको र प्रहरी जावनले पनि गर्भ स्वीकार गर्न नमानेपछि यता न उताको भएर आ-त्मह-त्याको बाटो रोज्नुपरेको उल्लेख गरिएको छ । उनले नोटमा गर्भको डिएनए परीक्षण गरी दोषीलाई कारवाहीको माग गरेकी छिन् । छोरीको सु-साइ-ड नोट भेटिएपछि मृतकका बाबा खड्काबहादुर सार्कीले सम्झनालाई म-र्न बाध्य बनाएको भन्दै तनहुँ घर भएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडी विरुद्ध आ-त्मह-त्या दुरुत्साहनको मुद्दा दर्ता गराएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा प्रहरी जवानकै विरुद्धमा दुरुत्साहन मुद्दा भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । “शङ्कास्पद घटना भएका कारण प्रहरीले प्रारम्भिक अनुसन्धान शुरु गरिसकेको थियो”, प्रहरी प्रमुख भट्टले भने, “मृतकका परिवारले सु-साइ-ड नोटसहितको उजुरी लिएर आएपछि दुरुत्साहन मुद्दा दर्ता गरेर गम्भीरताका साथ अनुसन्धानलाई अगाडी बढाएका छांँ ।”
अपराध गर्ने जो कोही पनि सजायको भागीदार हुनुपर्छ भन्दै भट्टले प्रहरीले आ-त्मह-त्या दुरुत्साहन गरेको भए पनि उम्कन नदिने बताए ।