काठमाडौँ – सामाजिक सञ्जालमा जथाभावी लेख्ने तथा टिप्पणी गर्ने एक पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक संजालमा जथाभावी लेखेको उजुरी परेपछि पत्रकार दिपक पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
रेडियो नेपालको बोर्ड सदस्य समेत रहेका उनलाई प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएको बताइएको छ। पाठक प्रधानमन्त्री ओली निकटका पत्रकार मानिन्छन्।
पछिल्लो केहि समय देखि उनी सामाजिक संजाल मार्फत नेकपाका अध्यक्ष प्रचण्डलाई गाली गर्दै आएका थिए। सामाजिक संजाल मार्फत पाठकले प्रचण्डलाई नेपालको अ-पराध दुनियाँका देवता समेत भनेका थिए। उनले पैसाका लागि शैक्षिक, औद्योगिक, व्यापारिक प्रतिष्ठानहरुलाई अ-पराधी र गु-ण्डाहरुको थलोको रुपमा परिणत गर्ने श्रेय पनि प्रचण्डलाई जाने बताएका थिए।
सोहि बारे प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले पाठक विरुद्ध सामाजिक सञ्जालमार्फत दाहालविरुद्ध गाली गलौज गरेको आरोप लगाउँदै छानविन र कारवाहीका लागि उजुरी दिएका थिए।