एजेन्सी – कोभिड-१९ ले ठाउँ अनुसार उत्परिवर्तित गरिरहेको अध्ययनले देखाएको छ। अध्ययनका अनुसार कोभिड-१९को ठाउँ अनुसार र अवस्था अनुसार फरक-फरक रुप पाइएको छ। सबै भन्दा पहिला कोरोना देखिएको वुहान पछि मात्रै उत्परिवर्तित भएर कोरोनाले करिब एक दर्जन भिन्न-भिन्न रुप लिएको वैज्ञानिकहरु बताउँछन्।
उद्गमस्थल स्थल वुहान पछि मात्रै उत्परिवर्तित भएर कोरोनाले थप १० रुप लिएको अनुसन्धानकर्ताहरुको दावी छ। चीनको वुहानमा देखिएको कोरोना भाइरस सहित गरेर ११ फरक-फरक रुपमा कोरोना उत्परिवर्तित भएको बताइन्छ।
‘टाइप ए’, ‘टाइप बी’मा उत्वरिवर्तित भएको र पछि ‘टाइप सी’ मा विकसित भएको कारण कोरोनाको उत्पत्ति बारे पत्ता लागिहाल्न गार्हो भएको अनुसन्धानकर्ताहरु बताउँछन्।
भारतको कल्याणीस्थित नेशनल इन्स्टिच्युट अफ बायोमेडिकल जीनोमिक्सका पार्थ मजुमदरका अनुसार ‘ए२ए’ उत्परिवर्तित रुप मूल(वुहानमा देखिएको) भाइरस भन्दा पनि खतरनाक र आक्रामक देखिएको छ।
“कोरोनाभाइरसलाई ‘ओ, ए२, ए२ए, ए, बी, बी १ र यस्तै अन्य’ गरी धेरै प्रकारहरूमा वर्गीकृत गर्न सकिन्छ। अहिले सम्म विश्वभर कोरोनाका ११ प्रकारका उत्परिवर्तित रुप देखिएको छ।”,उनी भन्छन्,”यस उत्परिवर्तित रुपहरु मूल भाइरस भन्दा फरक हुन्छ भने सर्ने माध्यम र शरीरका पार्ने प्रभाव समेत फरक हुन्छ।” उत्परिवर्तित हुने प्रवृतिकै कारण कोभिड-१९ पहिला देखिएको सार्स भन्दा खतरनाक भएको उनको दावी छ।