रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको ज्यान गयो !

रोल्पा – त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बाख्रा चराउन गएका बालबालिकाको बम बिस्फोटमा परेर मृत्यु भएको हो ।

उक्त बम विस्फोटमा परी मृत्यु हुनेमा वडा नं. ७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीया बिमला खत्री र वडा नं ४ का १३ वर्षीय बालक गौरव नेपाली रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्रवहादुर गुरुङले जानकारी दिए।

चारै बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी–२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए। मृत्यु हुनेमा सातदेखि ११ वर्ष उमेरका तीन बालक र एक बालिका रहेको उनले जानकारी दिए।

घटनास्थलमा बम पनि रहेकाले डिस्फोजका लागि दहवनस्थित नेपाली सेनाको टोली घटनास्थलतर्फ आउँदै गरेको वडाध्यक्ष बुढाले जानकारी दिए। घटना भएको प्रहरीले पुष्टी गरेको छ । घटना भएको जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गुरुङले बताए । के कति कारणले घटना भयो भन्ने जानकारी नआएको उनले जानकारी दिए।

प्रकाशित : बिहिबार, बैशाख १८, २०७७१४:३२

सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव