रहिनन् रेडियो नेपालकी प्रथम गायिका रानुदेवी….

काठमाडौँ – गायिका रानुदेवी अधिकारीको निधन भएको छ। अधिकारीको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको हो।

सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा उनको बाटो नै निधन भएको बताइएको छ ।रेडियो नेपालकी प्रथम गायिका रहेकी उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ। अधिकारीले विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रान्तिका गीत गाएकी थिइन्।

सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विक्रम सम्बत् २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन। २००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा स्थापना प्रजातन्त्र रेडियोमा स्थापना कालदेखि नै गीत गएकी थिइन्।

अधिकारीको जन्म विक्रम सम्वत ११९३ मा वीरगञ्जमा भएको थियो।

कोरोना विशेष अस्पतालमा आइसोलेसनकक्षको सेवा शुरु

छिमेकी जिल्ला रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा १० दिनमा निर्मित कोरोना विशेष अस्पतालमा आइसोलेसनकक्ष सञ्चालनमा आएको छ ।

सो कक्षको बिहीबार उद्घाटन कार्यक्रममा टेलिफोनबाट मन्तव्य दिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सांसद् जनार्दन शर्मा ‘प्रभाकर’ ले जिल्लाका स्थानीय तहले कोरोनाको महामारीविरुद्ध लड्न गरेको प्रयासको प्रशंसा गर्दै विपत्तिसँग जुध्न रुकुमबाट एउटा अभियान शुरु भएको बताए।

सङ्घीय सरकार र प्रदेश सरकारको नजर नपुगेको विकट ठाउँमा पनि १० दिनमै सुविधायुक्त अस्पताल निर्माण गरेर नगरपालिकाले प्रशंसनीय काम गरेको उनको भनाइ छ । देशका सबै पालिकाले यसरी नै तदारुकताका साथ भौतिक संरचना निर्माणलाई तीव्रता दिएपछि समृद्धि टाढा नभएको उनले बताए।

उनले श्रम सहकारीमार्फत जिल्लाका आठविसकोट, चौरजहारी र मुसिकोट नगरपालिकाले कोरोना भाइरसविरुद्ध लड्न आइसोलेसन निर्माण गरेको बताए। यहाँले जिल्लाका कुनै पनि स्थानीय तहमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिने भन्दै स्वास्थ्यको क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएर अघि बढ्ने दाबी गरे।

जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले १० दिनमै आठकोठाको सुविधायुक्त कोरोना विशेष अस्पताल आइसोलेसन निर्माण गरेको भन्दै प्रशंसा गरे। उनले विपत्तिको सामना गर्न नगरपालिकाले एउटा गतिलो हतियार तयारी पारेको भन्दै सबैले नगरपालिकाले देशकै उदाहरणीय काम गरेको दाबी गरे।

प्रकाशित : शुक्रबार, बैशाख १९, २०७७०२:४४

“आफ्ना स–साना स्वार्थ पूरा गर्न परिस्थितिलाई बिथोल्न खोजिन्छ भने जनता चुप बस्दैनन्” [भिडियो सहित]