आठ गतेदेखि हिउँमा फसेका सुरजको सकुशल उद्धार !

मेलम्ची – यही वैशाख ६ गतेदेखि सम्पर्कविहीन भएका सिन्धुपाल्चोकका सुरज लामा कोसकुशल उद्धार गरिएको छ ।  जिल्लाको बलिफी गाउँपालिका–४ घर भएका सुरजको १४ दिनपछि सकुशल उद्धार गरिएको हो।

सुरज बुधबार मात्रै सम्पर्कमा आएका थिए। सुरजले आठ गतेदेखि हिउँमा फसेकाले हिँड्न नसक्ने अवस्थामा रहेको जानकरी गराएसँगै उनको उद्धार सम्भव भएको हो। सुरज आठ गतेदेखि हिउँमा फसेकाले हिँड्न नसक्ने भएका थिए ।

रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसनमा कार्यरत सुरज बेपत्ता भएका थिए ।

वैशाख ६ गते दिउँसोसम्म परिवारको सम्पर्कमा रहेका लामाको त्यसयता परिवारसँग सम्पर्क भएको थिएन । लामो समय परिवारसँग सम्पर्क टुटेपछि गत शुक्रबार बेलुकी कम्पनीसँग कुरा भएपछि मात्र सुरजको खोजी गरिएको थियो ।

कोरोना भाइरसका कारण देश लकडाउन भएपछि कम्पनीलाई जानकारीनै नदिई उनी काम छाडेर घर हिँडेको बताइएको छ । सुरज त्यहाँ केही महिनाअघि स्थापना भएको कम्पनीको मेसमा कुकको रूपमा कार्यरत थिए । कम्पनीका अनुसार उनी गोसाइँकुण्डको बाटो हुँदै घर गएको खुलेको थियो ।

प्रकाशित : शुक्रबार, बैशाख १९, २०७७०६:०७

घट्यो अन्डाको मूल्य, लकडाउनमा उपभोग वृद्धि!