ऋषिको अन्तिम भिडियो: भावुक हुदै यी युवकलाई दिएका थिए यस्तो आशिर्वाद-[भिडियो]!

काठमाडौँ – बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको बिहिबार बिहान उपचारकै क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएका ऋषिको बिहिबार बिहान निधन भएको थियो।

अमेरिकामा लगभग १ वर्ष सम्म क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि भारत फर्किएका थिए । फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।

ऋषि कपूरको निधन पछि सामाजिक संजालमा एक भिडियो भाइरल भएको छ जसमा अस्पतालमा काम गर्ने एक युवकले ऋषिकै एक फिल्मको गित गाएर सुनाएका छन्।  भिडियोमा देख्न सकिन्छ कि ऋषि अस्पताल ऋषि कपुर अस्पतालको बेडमा सुतिरहेका छन्। र उनि गित सुनेर आखाभरि आसु पार्दै ति युवकलाई आशिर्वाद दिन्छन्। उनि भन्छन्, ‘मेरो आशिर्वाद तिम्रो साथ छ, धेरै प्रगति गर्नु र सफलता प्राप्त गर्नु । मेहनत गर्नु, नाम र प्रसिद्धि यो सबै मेहनतपछि मात्रै आउँछ। जबसम्म मेहनत र केही भाग्यले साथ दिन्छ तब सफलता प्राप्त हुन्छ। यसलाई केवल एक गाठो बाधेर राख।’

प्रकाशित : शुक्रबार, बैशाख १९, २०७७०९:२८

यी ४ नायकका थिए परस्त्रीसँग सम्बन्ध, श्रीमतीले चेतावनी दिएपछि मात्रै सुध्रिएको थियो मति !