रसियामा २४ घण्टामा लगभग ८ हजार कोरोना संक्रमित थपिए !

एजेन्सी –  रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन् ।

यससँगै शुक्रबारसम्म रसिया कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको देशको कोरोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ । रसियामा कोरोना भाइरसको संक्रमणको कारण १ हजार १६९ को मृ-त्यु भएको छ ।

कोरोनाभाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृ-त्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख १८ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ८०० जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा मात्र २४ घण्टाकाे अवधिमा २ हजार २०० जनाको मृ-त्यु भएको छ ।

भारतमा कोविड–१९’ संक्रमितको संख्या ३५ हजार नाघ्यो र १ हजार १४७ को मृ-त्यु

भारतमा कोविड–१९’ संक्रमितको संख्या ३५ हजार ४३ पुगेको शुक्रबार जनाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार १४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गएको २४ घन्टायता भारतमा एक हजार ९९३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन. । उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृ-त्यु हुनेको संख्या ७३ जना रहेको छ ।

भारतमा देखिएका यी संंक्रमितहरूमध्ये ८ हजार ८८८ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २५ हजार ७ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

प्रकाशित : शुक्रबार, बैशाख १९, २०७७१०:१९

चीनका विद्यालय र कार्यालयहरुको बाहिर कोरोना परीक्षण