बेलायतमा विश्वकै उच्च मृत्युदर, अमेरिकामा भन्दा लगभग ३ गुणा बढी !

एजेन्सी – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण बेलायतमा ज्यान गुमाउनेको संख्या उच्च देखिएको छ।
बेलायत केहि दिनमै कोरोना भाइरस संक्रमणका कारण सबै भन्दा धेरै ज्यान गुमाउने युरोपेली राष्ट्र बन्ने पनि देखिएको छ।

पछिल्ला दिनहरुमा मृतकको संख्यामा कमी नआएपछि बेलायत युरोपकै सबै भन्दा बढी नागरिक गुमाउने मुलुक बन्ने अवस्था देखिएको हो। हाल युरोपमा सबै भन्दा धेरै मृ-त्यु इटालीमा भएको छ।

हाल सम्म त्यहाँ लगभग २८ हजारको ज्यान गइसकेको छ। कुनै एक समयमा विश्वको सबै भन्दा बढी कोरोनाबाट प्रभावित मुलुकको रुपमा रहेको इटालीमा केहि समय देखि कोरोना नियन्त्रित अवस्थामा देखिएको छ। यस्तै त्यहाँ मृ-त्युमा पनि केहि दिन देखि कमी आएको छ। २४ घण्टाको अन्तरलमा २ सय ८५ जनाको ज्यान गएको छ।

यता बेलायतमा भने बितेको २४ घण्टामा ६ सय ७४ जनाको ज्यान गएको छ। जससँगै त्यहाँ ज्यान गुमाउनेको संख्या २६ हजार ७ सय ७१ पुगेको छ। बेलायतमा संक्रमितको संख्या पनि २४ घण्टामा ६ हजार भन्दा बढीले बढेको छ। हाल सम्म त्यहाँ १ लाख ७१ हजार भन्दा बढी संक्रमित फेला परेका छन्।

कोरोनाबाट अति प्रभावित मुलुक मध्ये मृ-त्युदर पनि बेलायतमै उच्च देखिएको छ। कुल संक्रमित मध्ये बेलायतमा १५ प्रतिशत भन्दा बढीले ज्यान गुमाइसकेका छन्। जबकी इटालीमा १३ प्रतिशत संक्रमितले मात्र ज्यान गुमाएका छन्। सबै भन्दा बढी प्रभावित अमेरिकाको तुलनामा बेलायतमा मृ-त्युदर तीन गुणा बढी देखिएको छ। यस हिसाबले कोरोनाबाट अति प्रभावित मुलुक मध्ये मृ-त्युदर बेलायतमै उच्च छ।

प्रकाशित : शुक्रबार, बैशाख १९, २०७७१०:५९

बजार अनुगमन तीव्र, रु ७० लाखभन्दा बढी असुल !