दुई ठाउँबाट हारेका वामदेवलाई ‘लट्री’ लाग्ने देखिएपछि बाँस्कोटाले सहनै सकेनन्, पोखे आक्रोश !

काठमाडौँ – अध्यादेश प्रकरण पछि चर्किएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद अहिले उत्कर्षमा छ। यहि विवादलाई लिएर केपी शर्मा ओलीले राजिनामा दिने र वामदेव प्रधानमन्त्री भन्ने सम्मका कुराहरु आएका छन्। यस विवादमा ओली पक्षधर एकातर्फ र प्रचण्ड, माधव कुमार नेपाल लगायत अन्य नेताहरु अर्कोतर्फ देखिएका छन्।

केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने पार्टी भित्रैबाट आवाज उठ्न थालेपछि ओली पक्षधरका नेताहरु गत निर्वाचनमा ओलीलाई कारण नेकपाले ठूलो जनमत प्राप्त गरेको दावी गरिरहेका छन्। प्रधानमन्त्री र पार्टी अध्यक्षमा ओलीको विकल्प नहुने ओली पक्षधरहरुको दावी छ।

यसै बीच ओलीका विश्वासपात्र मानिने पूर्वमन्त्री गोकुल बाँस्कोटाले घुमाउरो पाराले ओली विरुद्ध एकीकृत भएका नेताहरु माथि कटाक्ष गरेका छन्। सामाजिक संजाल ट्वीटर मार्फत बाँस्कोटाले नेकपाका शिर्ष नेताहरुलाई लक्षित गर्दै कटाक्ष गरेका हुन्।

जल्दाेबल्दाे एमालेमा २२ भाइको बहुमत पुग्दा २२ दिनै काखीमा माइन्युट च्याप्ने,१५बर्षे एकल नेतृत्वले ३३अण्डा काेरल्ने, दुईठाँउ बाट हार्दा प्रमकाे लाेटरि लाग्नेले एककार्यकालमै दुईतिहाईकाे पार्टी बनाई दिनेलाई बाँकि राख्न नहुने बाँस्कोटाको कटाक्ष छ।

“जल्दाेबल्दाे एमालेमा २२भाईकाे बहुमत पुग्दा २२दिनै काखीमा माइन्युट च्याप्ने,१५बर्षे एकल नेतृत्वले ३३अण्डा काेरल्ने,दुईठाँउ बाट हार्दा प्रमकाे लाेटरि लाग्नेले जाबाे एककार्यकालमै दुईतिहाईकाे पार्टी बनाई दिने अयाेग्य र अलाेकतान्त्रिक साथै घाेर असफल नेतृत्वलाई किन बाँकी राख्ने?”,बाँस्कोटाले ट्वीटरमा लेखेका छन्।

प्रकाशित : शुक्रबार, बैशाख १९, २०७७१३:४३

रोल्पामा विस्फोटन नभएका अन्य बम पनि भेटिए, सेनाद्वारा निष्क्रिय !