अब आँसु खसाल्नु पर्दैन: “बढ्यो नेपाल अब अघि बढ्यो , विकासमा पछि पर्दैन”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसर पारेर एक कविता लेखेर सार्वजनिक गरेका छन्।

ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर ‘अब आँसु खसाउनु पर्दैन’ शीर्षकमा कविता लेखेर सार्वजनिक गरेका हुन्। ओलीले लेखेको कविता प्रधानमन्त्रीका प्रेस सल्लाहकार मार्फत सार्वजनिक भएको हो।

कवितामा उनले नेपाल अगाडी बढिसकेको हुँदा देश विकासमा पछि नपर्ने र राष्ट्रिय एकता नटुट्ने उल्लेख गरेका छन्। यस्तै उनले कविता मार्फत पार्टी विभाजनका प्रयासहरु असफल हुने पनि कविता मार्फत संकेत गरेका छन्।

प्रधानमन्त्रीद्वारा लिखित ‘आँसु खसाउनु पर्दैन’ शीर्षकको कविता यसो छ –

यस्तै प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमै एक सन्देश जारी गर्दै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताएका थिए।

प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिवर्तनको संवाहक वर्ग हो भन्दै सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैँ अघि सरेर समस्याको सामना गर्न सक्ने श्रमजीवी वर्ग नै भएको उल्लेख गरेका थिए ।

“आज नेपालका केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । एकातिर सम्पूर्ण नेपाली जनता र सिङ्गै विश्व कोरोना महामारीविरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयास गरिनु दुःखद् कुरा हो ।” प्रधानमन्त्रीको सन्देशमा भनिएको थियो, “आफ्ना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।”

प्रकाशित : शुक्रबार, बैशाख १९, २०७७१४:२३

छोएन लकडाउनले, हिमालपारी नियमित पठनपाठन हुँदै !