एजेन्सी – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ २० दिनपछि सार्वजनिक कार्यक्रममा देखा परेका छन्।
अप्रिल ११ देखि सार्वजनिक रुपमा नदेखिएपछि उनको स्वास्थ्य अवस्था बारे विभिन्न अड्कलवाजी भइरहेका बेला उनी २० दिन पछि शुक्रबार एक सार्वजनिक कार्यक्रममा उपस्थित भएका हुन्।
राजधानी प्योङयाङ नजिकै पर्ने सनचेनस्थित एक मल कारखाना निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा सर्वोच्च नेता किम जोङ उपस्थित भएको उत्तर कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए)ले जनाएको छ।
उत्तर कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए)का अनुसार सुनचोन प्रान्तमा निर्मित एक रसायनिक मल उद्योगको निर्माण समापन समारोहको उद्घाटन गर्दै सार्वजनिक रूपमा देखिएका हुन्।
यस्तै सो कार्यक्रमका तस्विरहरु समेत सार्वजनिक भएका छन्।
तस्विर: केसीएनए