एजेन्सी – कोरोना भाइरसले महामारीको रुप लिएपछि अहिले लगभग पूरै विश्व लकडाउनको अवस्थामा छ। लकडाउन सँगै सवारीसाधनको प्रयोग कम भएको छ भने धेरै जस्तो कल-कारखाना बन्द भएका छन्। जसकारण अहिले विश्वमा प्रदुषण ह्वातै घटेर गएको छ। धुँवा र धुलो मिश्रित हावा अहिले अहिले सफा बन्दै गएको छ। लकडाउनले सबै भन्दा धेरै प्रकृतिलाई फाइदा पुगेको अवस्था छ।
नेपालको छिमेकि मुलुक भारत पनि अहिले लकडाउनमा छ। कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि भारतको केन्द्रीय गृह मन्त्रालयले यही मे ४ देखि गणना हुनेगरी थप दुई हप्ता लकडाउन लम्व्याउने निर्णय भएको शुक्रबार घोषणा गरिसकेको छ।
विश्वकै सबै भन्दा बढी प्रदुषित देश मानिने भारतमा अहिले प्रदुषण धेरैनै घटेको छ। धुँवा र धुलोले सास फेर्न गार्हो हुने भारतीय ठूला शहरहरुमा अहिले सास फेर्न सहज भएको छ।
यसै बीच प्रदुषण कम भएपछि भारतका विभिन्न ठाउँबाट हिमालहरु देखिन थालेका छन्। नेपालमा पर्ने विभिन्न हिमालहरु समेत भारतीय क्षेत्रबाट देखिन थालेको समाचारहरु आएका छन्।
नेपालको दोस्रो तथा विश्वकै तेसो अग्लो कञ्चनजङ्घा हिमाल समेत भारतबाट देखिन थालेको छ। प्रदुषण घटेकै कारण कञ्चनजङ्घा हिमाल सिलिगुडीबाट समेत देखिन थालेको बताइन्छ। सिलिगुडीका एक व्यक्तिले ट्वीटरमा एक तस्विर पोस्ट गर्दै घरबाटै कञ्चनजङ्घा हिमाल देख्न मिलेको जानकारी गराएका छन्।
Kangchenjunga, the 3rd highest mountain in the world can be seen clearly from Siliguri now.
Shot by Dad from our home. pic.twitter.com/1YGCZ1Xc4M— Ashish Mundhra (@mundhrashish) April 29, 2020
Kangchenjunga, the 3rd highest mountain in the world can be seen clearly from Siliguri now.
Shot by Dad from our home. pic.twitter.com/1YGCZ1Xc4M— Ashish Mundhra (@mundhrashish) April 29, 2020