काठमाडौँ, बैशाख २० । चर्चित लोकदोहोरी गायिका बिष्णु माझीलाई मातृ शोक परेको छ । बिष्णु माझीकी आमा धर्मकुमारी माझीको शुक्रबार स्याङजाको चापाकोट नगरपालिका-८ मा आफ्नै घरमा निधन भएको हो ।
५८ वर्षीय धर्मकुमारी माझी लामो समयपछि उच्च रक्तचापबाट ग्रसित रहेको पारिवारिक स्रोतले जनाएको छ । मृतक धर्मकुमारी माझीका श्रीमान, एक छोरा र दुई छोरी रहेका छन् ।
बिष्णु माझी नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन्। साथै उनी नेपालमै सबैभन्दा बढि पारिश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन् । उनि नेपाली संगीत जगतमा बिगत १५ बर्ष देखि सक्रिय रहेकी छिन । नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी एक कामप्रति जिम्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका समेत हुन् ।