काठमाडौँ – अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको ‘अब आँसु खसाल्नु पर्दैन’ शिर्षकको कवितालाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कपिपेस्ट अभियनको संज्ञा दिएका छन्।
शुक्रबार प्रधानमन्त्रीले कविता लेखेर सार्वजनिक गरेको प्रति लक्षित गर्दै प्रवक्ता शर्माले सामाजिक संजाल ट्वीटर मार्फत ‘कपिपेस्ट अभिनय’ को संज्ञा दिएका हुन्।
रोल्पामा र-गत बग्दा काठमाडौमा आँसु नखस्ने कविता फुर्नुलाई ‘कपिपेस्ट अभिनय’ को संज्ञा दिनु गलत नहुने शर्माको तर्क छ।
“रोल्पामा र-गत बग्दा काठमाडौमा जब आँसु नखस्ने कविता फुर्छ, तब त्यसलाई `कपिपेस्ट अभिनय´ को संज्ञा दिनु सायद गलत हुन्न । `कपिपेस्ट अभिनय´ भन्नु र `कपिपेस्ट कविता´ भन्नुमा फरक हुन्छ”,शर्माले ट्वीटरमा भनेका छन्।
यस्तै शर्माले ‘अब आँसु खसाल्नु पर्दैन’ शिर्षकको कवितालाई काउन्टर गर्दै अर्को एक कविता पनि सार्वजनिक गरेका छन्। काउन्टर कविता मार्फत उनले ब-मको धुवासँगै बालक उडेर आकाश रातो भएको बेला किन आँशु नखसेको भन्दै प्रश्न गरेका छन्।
“ब-मको धुवासँगै बालक उडेर, आकाश रातो भएको बेला किन कसैको आँशु खस्दैन? यस्तो कस्तो कवि हृदय बनायौं दैव! काठमाडौंमा आँशु नखसेका आँखाले रोल्पामा खसेको र-गत पनि देख्दैन?”,पहिला सार्वजनिक गरेको कवितामा कवि कृष्ण धरावासीको सुझावमा परिमार्जन गर्दै शर्माले ट्वीटरमा लेखेका छन्।