मेस्सीले बार्सिलोना छाड्ने-नछाड्ने बारे प्रशिक्षक क्विके सेटिनको यस्तो दावी !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले कप्तान लियोनेल मेस्सी र बार्सिलोना सधै एकजुटमा रहेको बताउदै मेस्सीले क्लबमा सम्झौता नवीकरण गर्ने बताएका छन् ।

पछिल्लो समय मेस्सी र क्लब बोर्डबीच सम्वन्ध चिसिएको समाचार सञ्चार माध्यममा छाएको थियो । तर, क्लबका प्रशिक्षक सेटिनले मेस्सी र क्लब सँधै एकजुटमा रहेको र मेस्सीले क्लबमा सम्झौता नवीकरण गर्नेमा विश्वस्त रहेको बताएका हुन् । उनले मेस्सी इटालियन क्लब इन्टर मिलान जाने हल्ला मात्रै रहेको सेमत थपेका छन् ।

मेस्सीको सम्झौता अर्काे समरसम्म रहेको छ । तर, मेस्सी र क्लबबीच सम्झौताको विषयमा निर्णय हुन सकेको छैन । यस्तो अवस्थामा इन्टर मिलानले मेस्सीलाई सनसनीपुर्ण रुपमा अनुबन्ध गर्ने योजना बनाएको थियो । तर, प्रशिक्षक सेटिनले मेस्सीको भविष्य बार्सिलोनामै रहेको र उनी क्लबमै रहने बताएका हुन् ।

‘मेस्सीले बार्सिलोना छोड्नेछ ? होइन, यो हुदैन । मेस्सी र बार्सिलोना सँधै एकजुट हुनेछन् ।’ सेटिनले ला गज्जेता डेल्लो स्पोर्ट्सलाई भने, ‘यो त्यस्तै हो । मेस्सी विगत २० वर्षदेखि बार्सिलोनामा छन् । मेस्सीले बार्सिलोना छाड्ने व्याख्या गर्न सक्दैनन् ।’ क्लबका अध्यक्ष जोसेप मारिया बार्टाेमेउसँग उनले क्लबका पदाधिकारीहरुको पारिश्रमिक कटौतीमा साथ दिएका छन् ।

मेस्सीका अर्जेन्टिनी सहयात्री तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुइरोले बार्सिलोनाको बोर्डसँग सम्वन्ध राम्रो नभएपनि मेस्सी बार्सिलोनामै रहने बताएका थिए । कोभिड १९ को प्रभाव आउनुअघि मेस्सीले यो सिजन क्लबलका लागि २४ गोल र १६ असिस्ट दिएका छन् ।

क्लब पछिल्लो समय मेस्सीको सम्झौता नवीकरणसँगै अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज र ब्राजिली नेयमार अनुबन्ध गर्ने गृहकार्यमा रहेको छ ।

प्रकाशित : शनिबार, बैशाख २०, २०७७०७:२९

“रोनाल्डिन्हो जस्तै भएकाले मेस्सीले नेयमार मन पराउँछन्”