काठमाडौँ – कोरोना विरुद्ध खटिएका शीर्ष पाँच महिलाको सूचीमा नेपाली चिकित्सक पनि परेकी छन्। कोरोना भाइरस ( कोभिड १९) को उपचार तथा परीक्षणमा अग्रपन्तीमा रहने शीर्ष पाँच महिलाको सूचीमा नेपालकी डा रुना झा पनि परेकी हुन्।
झा केन्द्रीय प्रयोगशालाकी निर्देशक रहेकी छन्। युएन ओमनले सार्वजनिक गरेको कोरोना भाइरस विरुद्ध अग्रपंक्तिमा खटिइरहेका विश्वका पाँच महिलाको सूचीमा झा पनि पर्न सफल भएकी हुन्।
उक्त सूचीमा नेपालसँगै काजिकस्तान,चीन,जोर्डन,क्यारावियनका अन्य चार महिलाहरु पनि परेका छन्।
संसर्गमा रहेका व्यक्तिको पहिचान खुल्दै
रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं १ सिपवाका २५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको संसर्गमा रहेका व्यक्तिको पहिचान हुन थालेको छ । उनले यही वैशाख ५ गते नेपाल प्रवेशसँगै सम्मरीमाई गाउँपालिकामा रहेकी दिदीका घरमा पुगेर दिउँसो खाना खाएको र साँझ मर्चवारी गाउँपालिकामा रहेको सानीमाको घरमा खाना खाएर सुतेको खुल्न आएको जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ साहले जानकारी दिए ।
सानीकामा घरमा सुतेका उनलाई आफ्ना दाइले अर्को दिन लिएर कोटहीमाई गाउँपालिकाको क्वारेन्टाइनमा राखेको समेत उनले बताए। भारत, दिल्लीबाट पैदल, ट्रक र पिकअप भ्यानमा चढेर नेपालको सीमा क्षेत्रसम्म आएका सङ्क्रमित युवकको भारतमा बढी यात्रा भएको देखिएको छ ।
बन्दाबन्दीम भारतबाट वैशाख ५ गते खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गरेका उनलाई परिवारका सदस्यले क्वारेन्टाइनमा राखेका थिए । उनको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
सम्मरीमाईको ठोठरीनाकाबाट नेपाल प्रवेश गरेका उनी दिल्लीबाट आएको कोटहीमाई कार्यालयले जनाएको छ । अहिले संङ्क्रमित युवक र उनकी दिदीका आठ आठ जनाको परिवार, तथा सानीमाको जनाको परिवारका सदस्य क्वारेन्टाइनमा राखिएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । अहिले पनि मर्चवारक्षेत्रमा मानिसको आवतजावत हुने गरेको छ । ती युवकमा कोरोना पोजेटिभ देखिएपछि स्थानीयवासीमा त्रास वढेको छ । उनको कोरोना विशेष अस्पताल बुटवलमा उपचार भइरहेको छ ।