लिस्बन – पोर्चुगलको फारोमा एक नेपालीको शुक्रबार उपचारका क्रममा निधन भएको छ । धादिङ घर भएका ४८ वर्षीय प्रेम तामाङ पाँच वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए । उनले पोर्तुगाली एक कम्पनीमा काम गर्दै आएका थिए ।
लडेर आगामा परेका उनलाई उपचारका लागि फारो अस्पतालमा पुर्याइएको थियो । उनको मगजमा रगत जमेर निधन भएको अस्पतालले जनाएको छ ।
घटनाको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय परिषद् अल्गार्भका अध्यक्ष अनिल शर्मा अस्पताल पुग्नुभएको थियो । मृतककी एक छोरी पोर्तुगलमा रहेकी छन् ।
बन्दाबन्दीले दुर्घटना दर ह्वात्तै घट्दो
प्रदेश नं ५ मा बन्दाबन्दी शुरु भएपछि दुर्घटनाको दर हवात्तै घटेको छ । सडकमा टिपर तथा माइक्रो बस हिँडन छाडेपछि दुर्घटना दर घटेको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि दैनिकजसो हुने सवारी दुर्घटनामा मानिसको मृत्यु र घाइते हुने क्रम वढी थियो ।
गत आर्थिक वर्ष २०७५÷०७६ को चैतमा यस प्रदेशमा ८१ सवारी दुर्घटना हुँदा ५४ को मृत्यु, ८० गम्भीर घाइते र ६० सामान्य घाइते भएका थिए । चालु आव २०७६÷०७७ को चैतमा ५२ सवारी दुर्घटना भएका छन् भने यसबाट २१ को मृत्यु, ५० गम्भीर घाइते र १३ सामान्य घाइते भएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक मधुसूदन लुइँटेलले जानकारी दिए।
गत आवको २०७५÷०७६ वैशाखमा ९० सवारी दुर्घटना हुँदा ५८ को मृत्यु, ६३ गम्भीर घाइते र ४३ सामान्य घाइते भएकामा । चालु आव २०७६÷०७७ वैशाखको अहिलेसम्म २१ सवारी साधनमा चारको मृत्यु, सात गम्भीर घाइते र नौ सामान्य घाइते भएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय वुटवलले जनाएको छ ।
गत आव २०७५÷०७६ वैशाखसम्मको १० महिनामा यस प्रदेशमा सवारी दुर्घटना ८६८ भएका थिए भने मृत्यु हुनेको सङ्ख्या ४९६ र गम्भीर घाइते ७८५ र सामान्य घाइते ५८६ भएकामा चालु आवमा २०७६÷०७७ मा मृत्युदर केही घटेको छ । चालु आवको वैशाखसम्मको १० महिनामा सवारी दुर्घटना ८५८ भएकामा मृत्यृ हुने ३९२, गम्भीरर घाइते ८३४ र सामान्य घाइते ४३२ रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवल सूचना शाखाले जनाएको छ ।
बन्दाबन्दीसँगै प्रदेश नंं ५ मा ट्रक पाँच हजार ८१८, बस ८८७, जिपकार पाँच हजार २२१, ट्रयाक्टर १९, मोटरसाइकल दुई हजार ५३०, अटो दुई र अन्य एक गरी १४ हजार ४७८ मालवाहक तथा सवारी साधन सञ्चालनमा आएको ट्राफिक प्रहरीको तथ्याङ्कमा देखिएको छ । ती साधनमा ३६ हजार ९४३ मानिसले आवतजावत गरेका छन् ।