वैशाख शुक्ल पक्षको एकादशीलाई मोहिनी एकादशी भनिन्छ। यस दिनमा व्रत बस्दा मोहरूपी बन्धनबाट मुक्त भएर ईश्वरीय कृपा पाउन सकिने विश्वास रहिआएको छ। स्कन्द पुराण अनुसार मोहिनी एकादशीको दिन समुद्र मन्थनमा निस्किएको अमृतको भाग-बन्डा भएको थियो ।
मोहिनी एकादशीको व्रत लिँदा विभिन्न नियमहरुको पालना गर्नुपर्ने हुन्छ। यस दिनको व्रत राख्दा सम्पूर्ण मोह देखि टाढा रहनु पर्ने बताइन्छ। उज्यालो नहुँदै उठेर स्नान गरी शुद्ध वस्त्रहरू लगाएर भगवान् विष्णुको प्रतिमा, शालिग्राम वा तस्बिरसामु घिउमा बत्ती बाल्ने र जल, तुलसी, तिल, चन्दन, फल र फूलसहित पूजासामग्री लिएर भगवानको स्तुति गरी व्रतको आरम्भ गरी दिनमा विभिन्न नियम पालना गर्नुपर्ने हुन्छ।
मोहिनी एकादशीको व्रत राख्दा जुवा देखि टाढा राख्नुपर्ने हुन्छ भने पान तथा धुम्रपान देखि टाढा रहेर व्रत राख्नु पर्ने कुरा धर्मशास्त्रहरुका उल्लेख गरिएको छ।
मोहिनी एकादशीमा व्रत राखेपछि सम्पूर्ण मोह त्याग गरी भगवानको आराधना र जप गर्नुपर्ने हुन्छ। काम, क्रोध, लोभ, मोह सम्पूर्ण त्यागेर व्रत बसी एकादशीको रातमा पनि जाग्राम बसेर भगवानकै भजन–कीर्तन गर्दा व्रत पूरा हुने विश्वास रहिआएको छ।
मोहिनी एकादशीमा व्रत राखेपछि के-के नगर्ने ?
अरुको आलोचना र रिस
धुम्रपान र कुनै पनि प्रकारको पानको सेवन
कसैको अपमान
चोरी-हिं-सा