काठमाडौँ, बैशाख २२। विश्वकै चर्चित गायन रियालिटी शो ‘अमेरिकन आइडल’ मा छानिने पहिलो नेपालीको रुपमा रहेका दिवेश पोखरेलको चर्चा अहिले विश्वभर छ ।
अडिसनकै क्रममा उत्कृष्ट प्रस्तुति दिएर जजहरुलाई चकित बनाएका पोखरेल अहिले अमेरिकन आइडलको उत्कृष्ट १० मा पुगेका पुगीसकेका छन्।
उत्कृष्ट २० मा पुगिसकेका उनलाई अगाडी बढाउन अब मतको आवश्यकता पर्ने भएको छ। पोखरेलले सामाजिक संजाल मार्फत आफू टप १० मा परेको भन्दै यहाँ सम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
उनले लेखेका छन्, ‘हामी शीर्ष १० मा पुगेका छौ । सुरूदेखि नै सपोर्ट गर्नुभएका सबैलाई धन्यवाद। यसलाई व्यक्त गर्न शब्दहरुले न्याय गर्न सक्दैनन्, जति म विश्वभरिबाट पाएको यो विशाल समर्थनको कदर गर्छु । मतदानको लागि धन्यबाद! यहाँ उभिनु र तपाइँहरुको खुला कानहरू मेरो छेउमा राख्नु, यो कुनै सपना जस्तै भएको छ । मैले धेरै राम्रा संगीतकारहरू, कलाकारहरू, सडकहरूमा खेलिरहेको, केही कानहरूसहित खाली हलहरू, र यस्तै अरू धेरै देखेको छु। म तपाईहरुको लागि गाउन सकेकोमा र मेरो आवाज सुनेकोमा धन्यवादी महसुस गर्छु। म यी दिनहरू मध्ये एक प्रदर्शन गर्न र तपाईहरुसंग राम्रो समय पाउनको लागि उत्साहित छु।’
कोरोना भाइरसका कारण सबै प्रतिस्पर्धीहरुले घर–घरबाटै दिएको प्रस्तुति अमेरिकी टेलिभिजन च्यानल एबिसीबाट प्रसारण भएपछि उनले केहि समय अगाडी सामाजिक संजाल मार्फत भोट गर्न आग्रह गरेका थिए । अमेरिकी च्यानल एबिसीबाट प्रसारण हुने ‘अमेरिकन आइडल’ मा छानिएका दिवेशको स्टेज नेम आर्थर गन हो । दिवेशले आर्थर गनको उपनामबाट स्टेजमा गाउँदै आएका छन् ।