जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ!

सांकेतिक तस्विर।

सर्लाहीको जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ परेका छन । वाग्मती नगरपालिका–१० शङ्करपुरको जङ्गलबाट वन्यजन्तु मा-र्न पासो थाप्दै गरेका उनीहरू पक्राउ परेका हुन् हो ।

पक्राउ पर्नेमा वाग्मती नगरपालिका–४ का चन्द्रबहादुर ब्लोन, नगरपालिका–२ का सन्देश मोक्तान र त्यही वडाका भीमबहादुर डिमडुम रहेका छन् । आइतबार दिउँसो जङ्गली वन्यजन्तु मा-र्न पासो थाप्दै गरेको अवस्थामा सव डिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको सशस्त्र वन रक्षकको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

वन रक्षक टोलीलाई देखेर अन्य शि-कारी भागेका छन् । सशस्त्र वन रक्षक टोलीले घटनास्थलबाट ठूलो परिमाणमा वन्यजन्तु मा-र्न प्रयोग गरिने पासो र बा ७० प ३५७८ नम्बरको पल्सर मोटरसाइकल ब-रामद गरेको छ । पक्राउ परेका तीनै जनालाई सव-डिभिजन वन कार्यालय मूर्तियामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

लकडाउनको समयमा सर्लाहीको जङ्गलमा वन्यजन्तुको चो’री शि-कार गर्ने क्रम बढेको स्थानीयवासीले जनाएका छन् । केही दिनअघि मात्र वन्यजन्तु मा-र्न हा’नेको भ-रुवा ब-न्दुकको गो-ली लागेर मूर्तिया जङ्गलमा दुई जना घाइते भएका थिए ।

प्रकाशित : सोमबार, बैशाख २२, २०७७०५:३६

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालन!