एजेन्सी, सामाजिक संजालमा अहिले बलिउड अभिनेता आमिर खानको निकै चर्चा भैरहेको छ । केही दिनयता भारतमा एक समाजसेवी व्यक्तिले एक किलो पिठोको प्याकेटमा १५ हजार पैसा राखेर वितरण गरेका थिए । र उक्त रकम बलिउड अभिनेता आमिर खानले वितरण गरेको भनेर उनको निकै प्रसंशा भएको थियो। तर आमिरले १५ हजार भारतिय रुपैयाँ आफुले वितरण नगरेको दाबी गरेका छन्।
उनले सामाजिक संजाल ट्विटरमा ट्वीट गर्दै उक्त जानकारी दिएका हुन्। आमिरले यस विषयमा ट्विटरमा स्पष्टीकरण दिदै भनेका छन्, ‘ ‘पिठोको प्याकेटमा पैसा राख्ने व्यक्ति म होईन। यो पूर्ण रुपमा गलत कथा हो अर्थात् कोहि रोबिन हुड आफुूलाई सार्वजनिक गर्न चाहँदैनन्। सुरक्षित रहनुस, माया।’
नायक आमिर खानको नाम सामाजिक कार्यमा सबैभन्दा अगाडि आउने गर्छ। त्यसैले पनि उनको नाम जोडिएको हुन सक्छ। आमिरले भारतमा लकडाउन भएपछि विभिन्न तरिकाले सहयोग गरिरहेका छन् ।