काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आत्मालोचना गर्दैमा प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली नचोखिने बताएका छन्।
शनिबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकमा ओलीले तमाम कमीकमजोरीलाई लिएर आत्मालोचना गरेको विषयमा टिप्पणी गर्दै भट्टराईले यस्तो बताएका हुन्।
“पार्टी भित्रको यु-द्ध/वि-राम हाम्रो चासोको विषय हुन्न! तर प्रमका गल्ती/अ-पराध-वारे चासो हुन्छ।”,सामाजिक संजाल ट्वीटरमा नवगठित जनता समाजवादी पार्टीका नेता समेत रहेका भट्टराईले लेखेका छन्।
कोरोनाको वेला पार्टी फुटाउने र संवैधानिक अंग कब्जा गर्ने अध्यादेश,सांसद अ-पह-रण,स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार आत्मालोचनाबाट नचोखिने भट्टराईको तर्क छ।
“कोरोनाको वेला पार्टी फुटाउने र संवैधानिक अंग कब्जा गर्ने अध्यादेश,सांसद अ-पह-रण,स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार आत्मालोचनाबाट चोखिने कुरा हैनन्!सम्झौ हिटलरसंग स्टालिनले सम्झौता गर्दा के भएथ्यो!”,भट्टराईले सामाजिक संजालमा लेखेका छन्।