हातको छाला निस्कने समस्याबाट कसरी छुटकारा पाउने ?

एजेन्सी – मानव शरीरको छालामा धेरै तहहरु हुन्छन र माथि दुई मुख्य तहहरु हुन्छन। छालाको तल्लो भागमा रहेको तहमा पसिना बन्छ र यसबाहेक नसा पनि यसको ठिक तल हुन्छ। यसको तल बोसोको तह हुन्छ। हरेक व्यक्तिमा आफ्नो हातबाट छालाको तह निस्केको अनुभवहरु हुन्छन। तर जब यस्तो कुनै व्यक्तिको साथ हुन्छ तब उक्त व्यक्तिलाई रिस उठ्छ।

हरेक व्यक्तिले आफ्नो जिन्दगीमा यस समस्या दुई-चार पटक भोग्छन। यो कुनै रोग होईन, त्यसै कारण यस समस्याबाट निको हुन्का लागि तपाईले धैर्य गर्नुपर्छ। वास्तवमा हातको छालामा विशेष गरि औंलाको नजिकको छाला नाजुक र संवेदनशील हुन्छन। हातको छाला नरम र संवेदनशील हुने भएकाले हातमा र हातको माध्यमबाट तीव्र गतिमा संक्रमण फैलिन्छ।

डाक्टरका अनुसार एलर्जी, छाला सुख्खा हुनु, विभिन्न रासायनिक पदार्थको प्रयोग गर्नु र भिटामिन बीको कमी हुनु छाला निस्कनुको प्रमुख कारणहरु हुन्। यदि यो तीव्र गतिमा अरु ठाउँहरुमा पनि फैलिएरहेको छ भने तुरुन्तै चिकित्सकलाई सम्पर्क गर्नुपर्छ। यदि त्यसो होइन भने यी घरेलु उपायका प्रयोग गरी तपाई यस समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ।

तातो पानीको प्रयोग गर्नुहोस

यसका लागि सर्वप्रथम पानीलाई मनतातो हुने गरि तताउनुहोस र यसमा हात डुबाएर केही समयसम्म राख्नुहोस। केही समय पछि नरम कपडाले हातलाई पुछी मोइस्चराइजर क्रिमको प्रयोग गर्नुहोस्। यसले हातलाई नरम र मुलायम राख्नेछ।  हातको छाला नरम भएपछि छालासँग सम्बन्धित कुनै समस्या हुदैन। शरीरमा पानीको मात्रा कम भएमा छालासम्बन्धी समस्याहरु सुरु हुन्छ।

जैतूनको तेल(Olive Oil) को प्रयोग गर्नुहोला

यदि तपाईको हातको छाला निस्कन्छ भने जैतूनको तेल प्रभावकारी साबित हुनेछ। जैतूनको तेलले राम्रो मोइस्चराइजरको काम गर्दछ। यसले तपाईको हात नरम र मुलायम राख्नेछ र बिस्तारै यस समस्या हल हुनेछ।

प्रशस्त पानी पिउनुहोला

जस्तो कि माथि नै उल्लेख गरिएको छ कि छालासँग सम्बन्धित समस्याहरू विशेषगरि शरीरमा पानीको कमीले गर्दा हुन्छ, त्यसैले सके सम्म प्रशस्त पानी पिउनु पर्छ। प्रशस्त पानी पिउदा शरीरमा नरमपनको मात्रा स्थिर रहनेछ र साथै शरीरमा डिटोक्सिफिकेसन(Detoxification) पनि हुन्छ।

दूध र काक्रोको प्रयोग गर्नुहोस

शरीरको जुन भागबाट छाला निस्केको छ, त्यस भागमा दूध र काक्रोको टुक्राले मसाज गरेमा धेरै फाईदा हुन्छ। काक्रोमा पानीको मात्रा धेरै हुन्छ र यसलाई राम्रो मोइस्चराइजर पनि मानिन्छ। यसको अतिरिक्त जौ लाई पनि छाला निस्कने समस्याको उत्तम उपचार मानिन्छ। पानीमा जौ मिसाउनुहोस् र यसमा करिब १० मिनेटसम्म हात डुबाएर राख्नुहोस। यसो गर्दा हातबाट गायब भएको मुलायमपन फेरी फिर्ता आउनेछ।

खानामा प्रोटिनको मात्रा बढाउनुहोला

डाक्टरको अनुसार तन्तु निर्माणमा प्रोटिनको ठुलो भूमिका हुन्छ। छाला निस्कने बेला तन्तु नष्ट हुन्छ। त्यसकारण चाँडो रिकभरीका लागि खानामा प्रोटिनको मात्रा बढाउनुहोला।

प्रकाशित : सोमबार, बैशाख २२, २०७७१३:१७

कुनै पनि अभिभाबकले आफ्नो बच्चालाई भन्न नहुने यी ३ कुरा