एजेन्सी – चीन हुँदै विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण मानव सभ्यता माथि नै खतरा बनेर उभिएको छ। विश्वका अधिकांश देशहरुमा पुगेको यस भाइरसबाट ३६ लाख भन्दा बढी संक्रमित भइसकेका छन् भने यो क्रम बढ्दो छ। यस भाइरसका कारण विश्वभर लगभग साढे २ लाखको ज्यान गएको अवस्था छ।
मानिसबाट मानिसमा सर्ने यस भाइरस बारे अनुसन्धान भइरहेका छन् भने विकसित घटनाक्रमले नयाँ-नयाँ तथ्य उजागार गरिरहेको छ। हालसालै बाहिर आएको एक नयाँ तथ्यले यस भाइरस सोचे भन्दा धेरै खतरनाक हुने भय शिर्जना गरिदिएको छ।
मृ-त शरीरबाट समेत कोरोना भाइरस सरेको घटना सार्वजनिक भएसँगै यस भाइरसलाई लिएर थप चिन्ता थपिएको हो। थाइल्याण्डमा कोरोना संक्रमणका कारण ज्यान गएका व्यक्तिबाट एक व्यक्तिमा कोरोना सरेको पाइएको छ। थाइल्याण्डका एक स्वास्थ्यकर्मीमा मृ-त व्यक्तिबाट कोरोना भाइरस सरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।
यस घटना पश्चात मेडिकल जाँचकर्ता मात्र नभई श-व प्रविधिज्ञ र अन्त्येष्टि गृहमा बस्ने व्यक्तिहरूमा समेत कोरोना संक्रमणको जोखिम बढेको छ। थाइल्याण्डका वैज्ञानिकहरुका अनुसार मृ-त शरीरबाट मानिसमा कोरोना सरेको त्यहाँको पहिलो घटना हो। उक्त घटना विश्वकै पहिलो हुन सक्ने अनुमान गरिएको छ।
मृ-त शरीरमा कोरोना भाइरस कति समय सम्म रहन्छ भन्ने बारे अहिले सम्म कुनै पनि तथ्य प्रमाणित भइनसकेको र त्यस बारे अनुसन्धान भइरहेको अनुसन्धानकर्ताहरु बताउँछन्।