भारतमा कोरोना भाइरसको आक्रामक रुप: बितेको २४ घण्टामा संक्रमण र मृत्युमा बन्यो रेकर्ड !

सांकेतिक तस्विर

काठमाडौँ – भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या मंगलबार बिहान सम्म ४६ हजार नाघेको छ । बितेको २४ घण्टामा ३ हजार ९ सय ३२ संक्रमित थपिएसँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४६ हजार नाघेको हो।

यो समाचार तयार पार्दा सम्म भारतमा संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगिसकेको छ। बितेको २४ घण्टामा भारतमा हाल सम्मकै बढी संक्रमित फेला परेका हुन्।

त्यहाँ २४ घण्टामा संक्रमणबाट हाल सम्मकै बढी मृ-त्यु पनि भएको छ। बितेको २४ घण्टामा भारतमा १ सय ७२ जनाले ज्यान गुमाएका छन्। यो संख्या हाल सम्मकै उच्च हो। एकै दिन १०० जना भन्दा बढीले ज्यान गुमाएको यो पहिलो पटक हो। यो संख्या कोरोनाको केन्द्रविन्दुको रुपमा रहेको स्पेनमा भन्दा पनि बढी हो। स्पेनमा बितेको २४ घण्टामा १ सय ६४ जनाले मात्रै ज्यान गुमाएका छन्।

यस सँगै भारतमा कुल म-तकको संख्या १५ सय ६६ पुगेको छ। कुल संक्रमित मध्ये निको भई घर फर्किएका व्यक्तिको सङ्ख्या १२ हजार ८४७ रहेको छ । सङ्क्रमणका कारण स्वास्थ्यकर्मीको निगरानीमा रहेर उपचार गराइरहेका व्यक्तिको सङ्ख्या ३२ हजार ०२४ रहेको छ ।

विश्वव्यापीरूपमा कोरोना भाइरसका कारण मंगलबार सम्म सङ्क्रमितको सङ्ख्या ३६ लाख ४३ हजार २७१ रहेको छ भने दुई लाख ५२ हजार २४१ सङ्क्रमितको मृ-त्यु भएको छ । विश्वभर निको भई घर फर्किने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ११ लाख ९४ हजार ७३९ रहेको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख २३, २०७७०३:३३

नेपाल घुस्न खोज्दै भारतीय, नेपाली सुरक्षाकर्मीद्वारा हवाई फायर !