एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु !

कैलाली – कैलालीको गौरीगङ्गा नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृ-त्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको धनगढी–१० का आशाराम चौधरीले चलाएको से१च १८२८ नंको एम्बुलेन्सले विपरीत दिशातर्फ आइरहेको घोडाघोडी नगरपालिका–१० का भरत बोहराले चलाएको म२प ५३०३ नंको मोटरसाइकललाई ठ-क्कर दिँदा मोटरसाइकलमा सवार गौरीगङ्गा नगरपालिका–८ घर भई सशस्त्र प्रहरी बेसक्याम्प पहलमानपुरमा कार्यरत ३५ वर्षीय सशस्त्र प्रहरी हवल्दार गोरख ऐरको मृ-त्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मृतक ऐरको उपचारका क्रममा घोडाघोडी अस्पताल सुख्खडमा मृ-त्यु भएको बताइएको छ । एम्बुलेन्ससहित चालकलाई प्रहरी नियन्त्रणमा लिइएको र मोटरसाइकल चालक बोहराको अवस्था भने सामान्य रहेको बताइएको छ ।

सीमामा खटिएका सुरक्षाकर्मीको मृ-त्यु
सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृ-त्यु भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय कुलबहादुर कार्कीको अचानक मृ-त्यु भएको सशस्त्र प्रहरी गण ६ नम्बरले जनाएको छ ।

भारतसँग सीमा जोडिएको क्षेत्रमा खटिएका कार्की अचानक बेहोस भएर ढलेपछि तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पु¥याइएको थियो । अस्पतालमा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक राजु दाहालले बताए ।

शवको राजविराज अस्पतालमा परीक्षणपश्चात दाहसंस्कारका लागि परिवारका सदस्यहरुले झापाको चन्द्रगढी लगेको सशस्त्र प्रनाउ दाहालले जानकारी दिए । उच्च रक्तचापका कारण अचानक बेहोस भई मृ-त्यु भएको अनुमान गरिए पनि शव परीक्षणको रिपोर्ट आएपछि मात्र मृ-त्युको कारण खुल्ने उनले बताए ।

प्रकाशित : मङ्गलबार, बैशाख २३, २०७७१०:१३

सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेताका श्रोत कार्ल माक्र्स हुन्