बार्सिलोनालाई उपाधि दिनु अन्यायपुर्ण हुने

एजेन्सी – कोरोना महामारीको त्रासका कारण मार्च दोस्रो सातादेखि विश्व खेलकुद गतिविधि ठप्प युरोपका चर्चित फुटबल लिगहरु पनि यसबाट अछुतो रहेका छैनन् । कोरोनाकै कारण फ्रेन्च लिग स्थागित हुदा आयोजकले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई च्याम्पियन घोषणा गरिसकेका छन् ।

जर्मन बुन्डेस लिगा, इटालियन सिरी ‘ए’ इंग्लिस प्रिमियर लिग र स्पेनिस ला लिगा क्लबहरु प्रशिक्षणमा फर्किएका छन् । तर, रोकिएका लिगहरु पुनः शुचारु हुनेमा शंका नै छ । ला लिगाले क्लदबहरुलाई प्रशिक्षणमा फर्कन अनुमति दिएपनि लिग शुरु हुने मिति तोक्न सकेका छैनन् ।

यसपटक प्रिमियर लिग र फ्रेन्च लिग वान बाहेकको अन्य लिगमा उपाधिको लागि निकै प्रतिस्पर्धा भएको छ । जर्मन बुन्डेस लिगामा बायर्न र बोरुसिया डर्टमन्डबीच ४ अंकको मात्रै अन्तर छ । सिरी ‘ए’ मा युभेन्टस र लाजियोबीच १ अंकको अन्तर रहँदा ला लिगामा बार्सिलोना र रियल म्याड्रिडबीच मात्रै दुई अंकको अन्तर छ । बार्सिलोनाको ५८ तथा रियलको ५६ अंक छ । सबै लिगहरुमा ९ देखि १० चरणको खेल खेल्न बाँकी छ ।

ला लिगा सुरु हुनेमा शंका कायमै रहँदा लिग पुरा नभएको अवस्थामा लिग लिडरको हैसियतमा बार्सिलोनालाई उपाधि दिने या नदिने भन्ने विषयमा टिका टिप्पणी भइरहेका छन् । ला लिगा सिजन पुरा हुनेमा विश्वस्त रहँदा यसबारे केही बोलेको छैन । यसैक्रममा रियलका बेल्जियन गोलरक्षक थिवाउट कोर्टुवाले लिग लिडरको हैसियतमा बार्सिलोनालाई उपाधि सुम्पिए फेयर नहुने बताएका छन् ।

‘लिगमा ११ चरणको खेल बाँकी छ । हामी २ अंकले मात्रै पछि छौं । यो सिजन हामीले राम्रो गरिरहेका छौं । अवधि लम्ब्याएर भएपनि सिजन पुरा गर्नुपर्दछ,’ कोर्टुवाले भने, ‘सिजन पुरा भएन र बार्सिलोनालाई च्याम्पियन घोषणा गरिए अन्यायपुर्ण हुनेछ । बार्सिलोनाको एक बराबरीले पनि हामी शीर्षस्थानमा रहन सक्छौं । हामी बार्सिलोनालाई पछि पारेर च्याम्पियन बन्न सक्छौं ।’ यस्तै कोर्टुवाले प्रिमियर लिगमा लिभरपुललाई उपाधि दिँदा केही फरक नपर्ने बताएका छन् ।

प्रकाशित : बुधबार, बैशाख २४, २०७७०३:४०

पेलेको कीर्तिमान माथि रोनाल्डोको नजरमा !