कोरोना भाइरस: सबै भन्दा बढी मृत्यु हुने युरोपेली राष्ट्र बन्यो बेलायत, इटालीलाई उछिन्यो !

एजेन्सी – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण बेलायतमा युरोपकै सबै भन्दा बढी मृत्यु भएको छ। पछिल्ला दिनहरुमा मृत्युदर बढ्दै गएपछि बेलायत कोरोना भाइरस संक्रमणका कारण सबै भन्दा नागरिक गुमाउने युरोपको मुलुक बन्न पुगेको हो।

बेलायतमा अहिले सम्म २९ हजार ४ सय २७ जनाको ज्यान गएको छ। बितेको २४ घण्टामा मात्रै त्यहाँ ६ सय ९३ जनाको ज्यान गएको छ। यो संख्या अमेरिका पछि विश्वकै बढी हो।

बुधबार बिहान सम्म बेलायतमा संक्रमितको संख्या १ लाख ९४ हजार ९ सय ९० जना पुगेको छ। बेलायतमा बितेको २४ घण्टामा ४ हजार ४ सय ०६ जना संक्रमित थपिएका छन्।

कोरोनाबाट अति प्रभावित मुलुक मध्ये मृ-त्युदर बेलायतमा उच्च देखिएको छ। कुल संक्रमित मध्ये बेलायतमा १५ प्रतिशत भन्दा बढीले ज्यान गुमाइसकेका छन्।

यस्तै कोरोनाबाट अति प्रभावित अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख नाघेको छ। यो समाचार तयार पार्दा सम्म त्यहाँ संक्रमितको संख्या १२ लाख ३७ हजार ६ सय ३३ पुगेको छ भने मृतकको संख्या ७२ हजार २ सय ७१ पुगेको छ।

बितेको २४ घण्टामा त्यहाँ २ हजार ३ सय ५० जनाको ज्यान गएको छ।

प्रकाशित : बुधबार, बैशाख २४, २०७७०४:२०

दैनिक ६०० लाई निःशुल्क खाना !