काठमाडौँ – सरकारले लकडाउन थप्ने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन थप्ने निर्णय गरेको हो। बुधबार भएको निर्णय अनुसार लकडाउन अब जेठ ५ गतेसम्म गते सम्म हुनेछ।
यस अगाडी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो।
सोहि निर्णयलाई अन्तिम रुप दिँदै बुधबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन ७ दिनका लागि बढाउने निर्णय गरेको हो।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । जसलाई बढाउँदै लकडाउनको समयअवधि यही वैशाख २५ गतेसम्म पुर्याएको थियो ।