काठमाडौँ – बुधबार वीरगञ्जमा कोरोना भाइरस संक्रमण पुष्टि भएका १७ जना एकै परिवारको भएको खुल्न आएको छ।
बुधबार कोरोना भाइरस पुष्टि भएका १७ जनानै वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएका पुरुषका परिवार रहेका छन्। वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका अनुसार कोरोना पुष्टि भएका सम्पूर्ण महानगर कर्मचारीका परिवारजन रहेका छन्।
बुधबार कोरोना पुष्टि हुने मध्ये दुई महिने शिशु पनि छन्। संक्रमित शिशु वैशाक १४ गते कोरोना पुष्टि भएका वीरगञ्जमा महानगरपालिका-३ स्थित छपकैयाका पुरुषका बच्चा हुन्।
वैशाख १४ गरे कोरोना भाइरस पुष्टि भएका ती पुरुष पुरुष राहत वितरणमा पनि सहभागी भएको बताइएको छ। १२ सय बढी मानिसलाई वितरण गरिएको राहत कार्यक्रममा संक्रमित पुरुष पनि सहभागी भएको हुँदा वीरगञ्जमा कोरोना संक्रमितको संख्या बढ्न सक्ने खतरा बढेको छ।
बुधबार १७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै पर्सामा कोरोना संक्रमितको संख्या २४ पुगेको छ। यससँगै पर्सा कोरोनाबाट अतिप्रभावित दोस्रो जिल्ला बनेको छ। सबै भन्दा धेरै कोरोना संक्रमित उदयपुर जिल्लामा भेटिएका छन्। २८ जना संक्रमित फेला परेको उदयपुरमा ६ संक्रमित निको भइसकेका छन्।
हाल सम्म नेपालमा ९९ कोरोना संक्रमित फेला परेका छन्। नेपालमा भेटिएका संक्रमित मध्ये २२ जना घर फर्किसकेका छन्।