एजेन्सी – अफगानिस्तानमा कोरोनाबाट संक्रमित हुनेको संख्यमा बृद्धि भएको छ । प्राप्त पछिल्लो समाचारअनुसार अफगानिस्तानमा यस भाइरसबाट ३ हजार ३९२ जना संक्रमित भएका छन् ।
राजधानी काबुलबाट प्राप्त समाचारमा अफगानिस्तानमा गएको २४ घन्टामा मात्र १६८ जना विरामी भेटिएका छन् । सो कुराको जानकारी अफगानिस्तानका स्वास्थ्यमन्त्री वाहिद माजरोहले दिएका हुन् ।
अफगानिस्तानको एक टेलिभिजन टोलोले जनाएअनुसार यहाँ २४ घन्टाभित्र देखिएका यी सबैभन्दा धेरै संख्याका संक्रमित हुन् ।
यहाँ यस संक्रमणबाट १०४ जनाको ज्यान गएको छ । उक्त टिभीले जनाएअनुसार गएको २४ घन्टामा यहाँका ९ जना संक्रमितको ज्यान गएको छ । त्यस्तै ३१ जना निको भएर फर्किएका छन् ।
यस संक्रमणबाट अफगानिस्तानका ४५८ जना नागरिक निको भएर घर फर्किएका छन् । त्यस्तै मन्त्री वाहिदले यहाँका १३ नागरिकमा यो भाइरसको परीक्षण भएको पनि बताएका छन् ।
कोरोना अपडेटः विश्वभर २ लाख ५८ हजारको मृ-त्यु
कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५८ हजारभन्दा बढी व्यक्तिको मृ-त्यु भएको छ भने संक्रमितको संख्या ३७ लाख ३० हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ७८७ जनाको मृ-त्यु भएको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृ-त्युदर रहेका इटाली, स्पेन, फ्रान्स र बेलायतमा २४ घण्टाको अवधिमा मृ-त्युदरमा सामान्य गिरावट आएको छ । विगत २४ घण्टामा इटालीमा २३६, स्पेनमा १८५, फ्रान्समा ३३० र बेलायतमा ६९३ जनाको ज्यान गएको छ ।
संयुक्तराज्य अमेरिकामा पछिल्ला २,३ दिनसम्म मृ-त्युदर केही कम रहे पनि विगत २४ घण्टामा एकाएक मृ-त्यु हुनेको संख्या बढेको छ । विगत २४ घण्टामा अमेरिकामा २ हजार ३५० जनाको ज्यान गएको छ ।