यस समयमा गायत्री मन्त्रको जप नगर्नुस् !

एजेन्सी, गायत्री मन्त्रलाई वेदमा निकै चमत्कारी र फाइदाजनक बताईएको छ । यस मन्त्रको  जप सामान्य रुपमा उपनयन संस्कारपछि गरिन्छ । यस मन्त्रको बारेमा  यस्ता रहस्य छन् जसको बारेमा सबैलाई जानकारी  नहुन सक्छ । वेदको कुल संख्या ४  रहेको छ । यी ४  वेदमा गायत्री मन्त्रको उल्लेख गरिएको छ । यस मन्त्रको ऋषि विश्वामित्र हुन् र देवता सविता हुन् । मान्यता अनुसार यस मन्त्रमा यस्तो शक्त‌ि छ कि न‌ियम‌ित तीन पटक यसको जप गर्ने व्यक्तिको वरिपरि  नकारात्मक शक्ति अर्थात्  अन्य बाधाहरु आउने छैन ।

गायत्री मन्त्रको जपबाट धेरै प्रकारको लाभ मिल्ने गर्दछ । यो मन्त्रले भन्छ,’उस प्राणस्वरूप, दुःखनाशक, सुखस्वरूप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देवस्वरूप परमात्मालाई हामि अन्तःकरणमा धारण गरौ । परमात्मा हाम्रो बुद्धिको सन्मार्गमा प्रेरित गरुन ।’ यानी यस मन्त्रको जपबाट बौद्ध‌िक क्षमता र मेधा शक्त‌ि अर्थात् स्मरण क्षमता बढ्ने गर्दछ । यसबाट व्यक्त‌िको तेज बढ्नेछ साथै दुखबाट छुटकारा पाउने बाटो मिल्नेछ भन्ने मान्यता रहेको छ । गायत्री मन्त्रको जप सूर्योदय भन्दा २ घण्टा पहिले र सूर्यास्तको १ घण्टापछि पनि गर्न सकिन्छ । मौन मानस‌िक जप जतिखेर पनि गर्न सक्नुहुन्छ तर रात्र‌िमा यस मन्त्रको जप गर्न हुदैन । रातमा गायत्री मन्त्रको जप लाभकारी नहुने बिश्वास रहेको छ । गायत्री मन्त्रमा २४ औ अक्षर रहेको छ । यो २४ अक्षर २४ शक्तिको प्रतीक हो । यहि कारण हो कि ऋष‌िहरुले गायत्री मन्त्रको भौत‌िक जगतमा सबै प्रकारको मनोकामनालाई पूर्ण गर्न मद्दत गर्दछ ।

आर्थ‌िक मामलामा समस्या आएमा गायत्री मन्त्रको साथ श्रीको कपडा लगाएर जप गर्नाले आर्थ‌िक बाधा टाढा हुने गर्दछ । बिद्यार्थीको लागि यो मन्त्र निकै फाइदाजनक हुन्छ । स्वामी व‌िवेकानंदले भने कि गायत्री सद्बुद्धिको मन्त्र हो । त्यसैले यस मन्त्रलाई मुकुटमणि पनि भनिएको छ । न‌ियम‌ित १०८ पटक गायत्री मन्त्रको जप गर्नाले बुद्ध‌ि प्रखर र कुनैपनि व‌िषयलाई लामो समयसम्म याद राख्ने क्षमता बढ्ने गर्दछ । यसले व्यक्त‌िको बुद्ध‌ि र व‌िवेकलाई न‌िखारने पनि काम गर्दछ ।

प्रकाशित : बुधबार, बैशाख २४, २०७७१४:०५

जनावरबाट हामी मानिसहरुले सिक्नु पर्ने २० कुरा जुन छ निकै लाभदायी– चाण्ड्क्य