दिनभरि शारीरिक तनाव र थकानका कारण आराम गर्नका लागि हरेक मानिसलाई खाटमा गएर पल्टिन नै हतार हुने गर्दछ। विशेषगरी घरमा हरेक व्यक्तिका लागि अलग अलग ओछ्यानको व्यवस्था गरिएको हुन्छ, जसले गर्दा यहाँ सम्म कि हामीलाई आफ्नो भन्दा अरुको बेडमा निन्द्रा नपर्ने समस्या हुन सक्छ। यसका साथै अन्य बिबिध रोगहरु जस्तै खोकी लाग्ने , चिसो लाग्ने आदि समस्याहरु ओछ्यानले गर्दा हुन सक्छ।
यदि समय-समयमा एलर्जी , इंफेक्शन, रुघाखोकी आदि जस्ता समस्याहरु भईरहन्छन भने नियमित आफु सुत्ने गरेको तकियालाई बदल्नु आवश्यक छ। एक अध्ययनअनुसार कम्तिमा पनि सुत्ने गरेको तकिया २ बर्ष भन्दा बढी प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक रहेको बताईएको छ।
तकिया र ओछ्यानसंग जोडिएका यी र यस्ता कुराको अनुसन्धान बेला बेलामा मात्र गर्ने गरिएको छ। विज्ञका अनुसार २ बर्षभन्दा अधिक समय तकियाको प्रयोग गर्नु मुर्खता हो यसो गर्नाले त्यसमा भएका अनेक प्रकारका ब्याक्टेरियाले शरीरमा प्रवेश गरि अनेक प्रकारका स्वास्थ्य संग सम्बन्धित समस्याहरु निम्तन सक्छ।
कपालमा तेल लगाएर सुत्नु पनि स्वास्थ्यका लागि हानिकारक साबित हुन सक्छ। किनकि यसै क्रममा हामीले टाउकोमा लगाएको तेल सिरानीको भित्रको फाइबरले सोस्ने र टाउकोमा भएको डेड स्किन सेल्स तकियामा जान सक्छ। यसका साथै धूलाका कणहरु समेत तकियामा सामिल भई बिरामी हुने खतरा बढी हुन्छ। यसैको शिलशिलामा एक अनुसन्धानमा तकियालाई सकेसम्म ६ महिना भन्दा बढी प्रयोग गर्नु हुदैन।
तकियाको साथ साथै समय समयमा डसना समेत परिवर्तन गर्नु पर्ने एक अध्ययनले जनाएको छ। यसले पनि शरीरमा रोग पैदा गर्नका लागि अहम भूमिका निर्वाह गरेको हुन्छ। तर अधिकांशमा यसको प्रयोग ५/१० बर्षको अन्तरालमा मात्र हुने गरेको छ।