कोरोनामुक्त भए डिबाला

एजेन्सी – इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालामा कोरोना भाइरस (कोभिड–१९) मुक्त भएको छ । डिबालाले झन्डै ८ सातापछि कोरोनालाई जितेका हुन् ।

६ साताको बीचमा चौथो पटक परिक्षणमा पनि कोरोना संक्रमण पोजिटिभ देखिएपछि डिबाला पुनः आइसोलेसनमा रहेर उपचार गराइरहेका थिए । युभेन्टसले बुधबार राति डिबाला कोरोनामुक्त भएको विज्ञप्तिमा उल्लेख गरेको छ । डिबाला र उनकी प्रेमिका दुवैले मार्च २१ मा कोरोना संक्रमण रहेको सार्वजनिक गरेका थिए ।

त्यसबेला उनलाई कुनै किसिमको कठिनाइ नरहेको र आफ्नै अपार्टमेन्टको क्वारेन्टिन बसेको बताएका थिए । तर,पछिल्लो समय उनको अवस्थामा केहि समस्या आएको र परिक्षणमा पनि पोजिटिभ  देखिएको थियो । ‘अब डिबाला स्वस्थ्य भइसकेको छ । उनी अब घरभित्र नै रहनुपर्ने छैन । उनले म ठीक छु भनेर पुष्टि गर्न सक्नुहुनेछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

इटली सरकारले क्लबहरुलाई प्रशिक्षणमा अनुमति दिएपछि युभेन्टसले पनि मंगलबारदेखि नै प्रशिक्षण शुरु गरिसकेको छ । भर्खरै कोरेनालाई जितेका डिबाला अब कम्तीमा पनि दुई साता क्वारेन्टाइनमा बस्दै प्रशिक्षणमा फर्कन सक्नेछ । युभेन्टसका अन्य दुई खेलाडी ड्यानियल रुगानी र ब्लेइस म्याथुइडीले यसअघि नै कोरोनालाई जितिसकेका छन् ।

‘मेरो अनुहारले नै यो सब भनिरहेको छ । तपाईलाई सत्य कुरा भन्नु छ, मैले कहिले सोचेको थिइन कि मैले खेल्ने र अभ्यास गर्ने कुरा हराइरहेको छु ।’ डिबालाले इन्स्टाग्राम लाइभमा भने, ‘मलाई लाग्छ कि मैले अभ्यास गर्नुपर्दछ । मेरो टोलीका साथी र साथीहरु हेर्नुहोस उनीहरुले कम्तीमा पनि बल छुन पाएका छन् । मैले घरमा बल छुन पाएको छैन । मलाई बुट लगाएर दौडन र गोल गर्ने सोच आएको छ । खेलाडीको लागि हर चीज महत्वपुर्ण हुन्छ ।’

सन् २०१४ मा पालेर्मोबाट युभेन्टस आएका उनले पछिल्लो समय आक्रमणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनले हालसम्म २ सय १६ खेल खेल्दै ९१ गोल र ३६ असिस्ट दिएका छन् । गत सिजन युभेन्टसले उनलाई अन्यत्र पठाउने तयारी गरेपनि अन्तिम समयमा उनले क्लबमै रहने निर्णय गरेका थिए ।

कोरोनाबाट प्रभावित राष्ट्रमा इटली पनि रहेको छ । इटलीमा २ लाख १० हजार बढीमा कोरोना संक्रमण देखिदा २९ हजार बढीले ज्यान गुमाएका छन् ।

प्रकाशित : बिहिबार, बैशाख २५, २०७७०३:५०

कोरोना भाइरस: बेलायतमा मृत्युदर विश्वकै उच्च, रसियामा दैनिक १० हजार संक्रमित बढ्दै !