एजेन्सी – कोरोनाको नयाँ केन्द्रविन्दुको रुपमा देखा परेको बेलायतमा संक्रमितको संख्या २ लाख नाघेको छ। बुधबार मात्रै ६ हजार भन्दा बढीमा कोरोनाको पुष्टि भएसँगै बलायतमा संक्रमितको संख्या २ लाख नाघेको हो।
यो समाचार तयार पार्दा सम्म त्यहाँ संक्रमितको संख्या २ लाख १ हजार १ सय १ पुगेको छ। बितेको २४ घण्टामा मात्र त्यहाँ ६ हजार १ सय ११ संक्रमित थपिएका छन्।
यस्तै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि ३० हजार नाघेको छ। अहिले सम्म बेलायतमा ३० हजार ७६ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाइसकेका छन्। बितेको २४ घण्टामा ६ सय ४९ जनाको ज्यान गएको छ।
बेलायत युरोपकै सबै भन्दा बढी मृ-त्यु हुने देश बन्न पुगेको छ। मृ-त्युदर समेत बेलायतमा विश्वकै उच्च देखिएको छ। बेलायतमा अहिले मृ-त्युदर १५ प्रतिशत छ।
यता रसियामा पनि कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको छ। लगातार केहि दिन देखि त्यहाँ दैनिक १० हजार भन्दा बढी कोरोना संक्रमित फेला परिरहेका छन्। बुधबार चौंथो दिन पनि रसियामा १० हजार भन्दा बढी संक्रमित फेला परेका छन्।
२४ घण्टामा १० हजार ५ सय ५९ संक्रमित थपिएसँगै रसियामा संक्रमितको संख्या १ लाख ६५ हजार ५ सय ५९ पुगेको छ। साथै मृ-त्यु हुनेको संख्या पनि १५ सय ३७ पुगेको छ।