काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट प्रतिनिधिसभा सदस्य नविना लामाले प्रधानमन्त्रीबाट केपी ओलीले राजीनामा दिने कुनै पनि सम्भावना नरहेको दावी गरेकी छन्।
एक निजि टेलिभिजनसंग कुराकानी गर्दै लामाले केपी शर्मा ओलीलाई जनताले पाँच वर्षको लागि जनमत दिएको हुँदा उनले राजिनामा दिने कुनै सम्भावना नरहेको दावी गरेकी हुन्।
जनता तथा सांसदबाट ओलीलाई पूर्व समर्थन रहेको हुँदा ओलीलाई पार्टी र सरकारको कार्यकारी पदबाट कसैले पनि हराउन नसक्ने उनको दावी छ। “जनताबाट निर्वाचित प्रधानमन्त्रीलाई कसले हटाउन सक्छ ? जनता तथा सांसदले प्रम ओलीलाई पूर्ण समर्थन रहेको छ ।”,अन्तर्वार्तामा उनले भनेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन खोज्नु गलत भएको भन्दै उनले त्यतातर्फ नलाग्न आफ्नै पार्टीका शीर्ष नेताहरुलाई आग्रह पनि गरेकी छन्। सरकारले धेरै राम्रो काम गरिरहेको समेत हुँदा कोरोना महामारीको समयमा सरकारलाई सबै मिलेर समर्थन गर्नुपर्ने उनले बताइन्।
लोकतन्त्रमा कसैको विरोध तथा वहस गर्नु स्वाभाविक भए पनि वर्तमान समयमा मुलुकमा कोरोनाका कारण ठूलो चुनौति सामाना गरिरहेको समयमा सरकार तथा पार्टी अध्यक्षको विकल्प खोज्ने व्यक्ति आफै संकटमा पर्ने उनको भनाई छ।
पार्टी विचार र सिद्धान्तबाट चल्ने भए पनि अहिले गुट र उपगुटबाट पार्टी चलाउन खोजिएको प्रति उनको आपत्ति छ। गुटगत खेलमा लिप्त भएर प्रधानमन्त्रीको राजीनामा माग्नेहरुको आफैं अन्त्य हुने उनले तर्क गरिन्।