बाबुआमालाई छोराले बन्चरो हाने, पछि आफैंले १०० मा फोन गरेर प्रहरीलाई जानकारी गराए !

तेह्रथुम : यहाँको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको ह-त्या गरेका छन्। इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको ह-त्या गरेका हुन्।

सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्र-हार गरी ह-त्या गरेका हुन्।

कञ्चनले आफूले बाबुआमाको ह-त्या गरेको भनि १०० नं फोन गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थल प्रहरी चौकीदेखि चार किलोमिटर दुरीमा पर्छ।

कञ्चनले १०० नंमा फोनसँगै प्रहरीले उसको पिछा गरिरहेको र भाग्दै गरेका अवस्थामा पोक्लाबाङ प्रहरी चौकीको टोलीले निन्त्रणयमा लिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए। घटनास्थलमा सम्दु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल तोलाङको टोलीले सुरक्षा दिइरहेको प्रहरी निरीक्षक दाहालले बताए।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ जाने र मृ-तकको श-व परीक्षण गर्न अस्पताल लगिने प्रहरीले जनाएको छ। मृतकका सात महिनाकी छोरी छिन्। नाबालक छोरी मृतकका दाजु देवबहादुर फोम्वोसँग रहेका वडाध्यक्ष टेकबहादुर घिसिङले बताए।

तरकारी बिक्रीका लागि घुम्ती सेवा अभियान

लकडाउन बढेपछि स्थानीय सरकारले बर्दियाको ठाकुरबाबा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानले उत्पादन गरेका तरकारी बिक्रीका लागि घुम्ती सेवा अभियान सञ्चालन गरेको छ । बन्दाबन्दीका कारण किसानको तरकारी बारीमै खेर नजाओस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको ठाकुरबाबाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए।

तरकारी संकलन तथा बिक्रीका लागि कृषि एम्बुलेन्स जस्तै घुम्ती सेवा अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । अभियानअन्तर्गत नेउलापुर कृषि उपज बजार समितिले किसानको बारीमै पुगेर तरकारी संकलन गर्ने र टोलटोलमा पुर्याउने नगरपालिका कृषि शाखा प्रमुख धरुवराज बमले जानकारी दिए ।

नगर क्षेत्रका विभिन्न किसानले उत्पादन गरेका लौका, बोडी, भिण्डी, करेला, काँक्रा, फर्र्सीलगायत हरिया तरकारी बिक्री हुने गरेको कृषि शाखाले जनाएको छ । नेउलापुर कृषि उपज बजार समितिले तरकारी संकलन र बिक्री उपसमिति बनाएर किसानले उत्पादन गरेका तरकारी संकलन र बिक्रीको जिम्मेवारी दिएको छ ।

लकडाउनले बजार तथा होटल व्यवसाय बन्द भएपछि किसानको तरकारी बिक्री हुन सकेको थिएन । तरकारी बिक्री नभएर बारीमै सड्ने चिन्ताले पिरोलिएका किसान बारीबाटै बिक्री हुन थालेपछि खुशी भएका छन् ।

प्रकाशित : शुक्रबार, बैशाख २६, २०७७०३:१५

असिनापानीले अन्नबाली सखाप, भोकमरीको चिन्तामा किसान !