रवीभवनमा दुर्घटना: कार र मोटरसाइकल जुध्दा एकको मृत्यु !

काठमाडौँ – शुक्रबार कलंकीमा भएको दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। कलंकीको रविभवनमा भएको दुर्घटनामा परी शुक्रबार बिहान एक जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा मोटरसाइकल चालक टीकाराज गेलाल रहेका छन्। दुर्घटना पश्चात कलंकीस्थित नेशनल अस्पताल पुर्याएका उनको उपचारको क्रममा ज्यान गएको बताइएको छ।

कलङ्कीबाट कालीमाटीतर्फ आइरहेको बा २१ च ४३४७ नम्बरको कारमा बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल जुध्दा दुर्घटना भएको कलंकी प्रहरीले जनाएको छ। उक्त कारमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर जबरा सवार थिए।

प्रहरीका अनुसार कालीमाटीबाट तीब्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको हो। सन्तुलन गुमाएपछि मोटरसाइकल विपरीत लेनमा पुगेको र कारमा ठोक्किएको प्रहरीको भनाई छ।

दुर्घटनापश्चात कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नौ छाना उडे

हावाहुरीले शीतगंगा नगरपालिकाका नौ घरका छानो उडाएको छ । त्यसबाट रु २५ लाखभन्दा बढीको क्षति भएको छ ।
वडा नम्बर ४, १० र १२ आएको हुरीले आफ्नो घरको छानोसहित नौ जनाको घर र सात जनाको गोठको छानो उडाउँदा लाखौँको क्षति भएको
जिल्ला समन्वय समिति सदस्य बलेन्द्र विश्वकर्माले बताउनुभयो ।

हुरीले उडाएको छानाले दुई मोटरसाइकल तथा एउटा जिपमा समेत क्षति पुगेको छ । वडा नम्बर ८ मा केरा खेतीमा क्षति पुगेको छ । यस्तै वडा नम्बर १० मा केही घरगोठ हुरीले उडाएको छ ।

प्रकाशित : शुक्रबार, बैशाख २६, २०७७०५:०७

सुरक्षाकर्मी छलेर नेपाल प्रवेश गरे, बाटामै रोकेर क्वारेन्टाइन पुर्याउँदा कोरोना भेटियो !