काठमाडौं, संघिय संसद प्रतिनिधिसभा(राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।
तीमध्ये २ सय १२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी थिए । उनीहरू सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको थियो ।
आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गरिएको थियो ।
महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।