बुध राशिले शनिबार राशि परिवर्तन गरेको छ । शनिबार बिहान १० बजेर १ मिनेट पश्चात मेष राशिको यात्रा समाप्त गरेर वृष राशिमा प्रवेश गरिसकेको छ ।
यस अगाडी देखिनै वृष राशिमा शुक्र ग्रह छ। बुधले राशि परिवर्तन गरेसँगै यी दुई ग्रह सँगै भएका छन् । दुवै ग्रह मित्र रहेको हुँदा ‘लक्ष्मी-विष्णु’ योग बन्द विभिन्न राशिहरुलाई धेरै प्रकारका लाभ मिल्नेछन्।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
धनभावमा बन्ने यस योगले मेष राशि हुनेहरुलाई आर्थिक रुपमा विभिन्न लाभहरु दिलाउनेछ। डुबेको धन मिल्नुका साथै रोकिएका कार्य सूचारु होलान्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। साथै नयाँ कार्य थालनीको लागि आफन्तजन तथा मित्रजनबाट पर्याप्त सहयोग प्राप्त हुन सक्ला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बुध र शुक्रको मिलन वृष राशि हुनेहरुलाई पनि धेरै शुभ रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन भइएला। शत्रु र प्रतिस्पर्धी सजिलै पराजित हुनेछन्।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
बुधको राशि परिवर्तन मिथुन राशि हुनेहरुका लागि खासै लाभदयाक हुने देखिँदैन। विलासिता पूर्ण वस्तुहरुमा खर्च बढ्दा आर्थिक समस्याले सताउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्ला। शत्रु सक्रिय भने जाने हुँदा सतर्कता अपनाउनुपर्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बुधको राशि परिवर्तनसँगै बन्ने योगले कर्कट राशि हुनेहरुको आय बढाउने देखिन्छ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् भने पहिला गरिएका लगानीले लाभ दिन शुरु गर्नेछन्। शत्रु र प्रतिस्पर्धीलाई सहजै पछि पार्न सफल भइएला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बुधको राशि परिवर्तनसँगै मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त होला। महत्त्वाकांक्षी कार्य प्रारम्भ गर्ने अवसर पनि प्राप्त हुन सक्ला।
कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)
बुधको राशि परिवर्तन कन्या राशि हुनेहरुका लागि धेरै लाभप्रद रहनेछ। आर्थिक, सामाजिक र पारिवारिक रुपमा समय उत्साहजनक रहन सक्ला । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरू आफैं निष्क्रिय भएर जानेछन्। स्वास्थ्यमा रहेका समस्या देखि सहजै छुटकारा मिल्न सक्ला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बुधको राशि परिवर्तन तुला राशि हुनेहरुलाई मिश्रित रहन सक्छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिने भएपनि चुनौती बढेको अवस्थामा भने संयमता अपनाउनु पर्ला। मान-सम्मान प्राप्त हुनुका साथै आर्थिक रुपमा पनि अनेक प्रकारका लाभहरु प्राप्त हुनेछन्। यधपी धोखाधडीको भने शिकार भइने सम्भावना छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )
बुधको राशि परिवर्तनले वृश्चिक राशि हुनेहरुलाई लाभदायक सिद्ध हुने देखिन्छ। विवाह सम्बन्धी वार्तालाप सफल हुनेछन्। मित्रता र प्रेमको बन्धन कसिलो भएर जाँदा मन आनन्दित रहनेछ। परिवारको सहयोगले अप्ठ्यारा परिस्थिति समेत सहज भएर जानेछन्।
धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )
धनु राशि हुनेहरुका लागि बुधको राशि परिवर्तन खासै लाभप्रद रहने देखिँदैन। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ भने तत्काल फाइदा नहुने काममा समय खर्च हुनेछ। स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ। खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बुधको राशि परीवर्तन विद्यार्थी वर्गको लागि वरदान सावित हुनेछ। लगनशीलताले हरेक प्रतिस्पर्धामा सफलता मिल्नेछ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउन सक्ला। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम सफल भएर जानेछन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बुधको राशि परिवर्तन कुम्भ राशि हुनेहरुको लागि मध्यम फलदायी रहने देखिन्छ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। स्वास्थ्यमा सुधार भए पनि मानसिक रुपमा भने चिन्ता बढ्न सक्ला।
मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)
बुधको राशि परिवर्तन मीन राशि हुनेहरुका लागि खासै लाभप्रद रहने देखिँदैन। परिवारमा कलह बढेर जाँदा मनमा अशान्ति छाउनेछ भने मानसिक रुपमा तनाव बढ्न सक्ला। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्ने हुँदा वाणी तथा व्यवहारमा नियन्त्रण आवश्यक पर्नेछ।